Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कांग्रेस सखुवासभाको सभापतिमा दीपक खड्काको उम्मेदवारी

हाम्रो कोशी आवाज
असोज ३ २०७८, आइतबार
कांग्रेस सखुवासभाको सभापतिमा दीपक खड्काको उम्मेदवारी

धरानः नेपाली काँग्रेस सङ्खुवासभाको सभापतिमा दीपक खड्काले उम्मेदवारी घोषणा गरेका छन् । काँग्रेसको १४ औँ महाधिवेशनका क्रममा हुने जिल्ला अधिवेशनमा आफूले उम्मेदवारी दिने घोषणा गरेका हुन् । सो अवसरमा उनले पार्टीलाई एकीकृत गर्दै जिल्लामा काँग्रेसको सङ्गठन मजबुद बनाउन पार्टी सभापतिमा उम्मेदवारी घोषणा गर्न लागेको जानकारी दिए ।
काँग्रेस सङ्खुवासभाका पूर्व पार्टी सभापति जनक थापाले काँग्रेस सङ्खुवासभाको सङ्गठनलाई सबल र सक्षम बनाउन खड्काको उम्मेदवारी स्वभाविक भएको बताए । पूर्वसांसद पासाङ शेर्पाले सङ्खुवासभामा काँग्रेस नेतृत्व सर्वसम्मत बनाउन सके आगामी दिनमा हुने तीनै तहको निर्वाचन काँग्रेसले जित्नसक्ने उल्लेख गरे । पूर्वसांसद बीना पौडेलले काँग्रेस सङ्खुवासभाको सभापतिका अरु आकाङ्क्षीलाई मिलाएर अगाडि बढ्न सुझाव दिए ।
घोषणासभामा काँग्रेस महासमिति सदस्य महेश थपलिया, ज्ञानबहादुर कार्की, महाधिवेशन प्रतिनिधि दिपेन्द्रमान शाक्य, पूर्व महाधिवेशन प्रतिनिधि थलकुमार लिङ्खा, काँग्रेस जिल्ला कार्यसमिति सदस्य शेरबहादुर गुरुङ, आमन्त्रित जिल्ला कार्यसमिति सदस्य एवं वरिष्ठ पर्यटन व्यवसायी मिङ्मा शेर्पा, पर्यटन व्यवसायी नवीन त्रिताल, अधिवक्ता सेवक पोखरेल, विद्यार्थी नेता सन्दिप निरौला लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: असोज ३ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend