Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मारवाडी युवायुवती जुटे

हाम्रो कोशी आवाज
असोज ४ २०७८, सोमबार
धरानमा मारवाडी युवायुवती जुटे

धरानः धरानमा मारवाडी समुदायका युवापुस्ता जुटेका छन् । सामाजिक कार्यमा अग्रसरता देखाउने उद्देश्यले उनीहरु जुटेका हुन् ।
धरान-१२ स्थित अग्रसेन भवनमा आयोजित कार्यक्रममा नयाँ कार्य समिति सर्वसम्मतले चयन भएको छ । यो चौथो पदस्थापन हो । नयाँ कार्य समितिको अध्यक्षमा दिनेशकुमार अग्रवाल, उपाध्यक्षमा सौरभ अग्रवाल, महासचिवमा आकाश भाटी, सहसचिवमा गौरव अग्रवाल, कोषाध्यक्षमा आशिष अग्रवाल र सहकोषाध्यक्ष अनुज अग्रवाल सर्वसम्मतले चयन भएका छन् ।
यस्तै, सदस्यहरूमा चाँदनी अग्रवाल, विवेक अग्रवाल, मनिष अग्रवाल, प्रविण अग्रवाल, अविनाश अग्रवाल, कौशल अग्रवाल, नरेन्द्र करनानी, गौरव अग्रवाल, मुकेश अग्रवाल सर्वसम्मत चयन भएका छन् । अध्यक्ष दिनेशले मारवाडी युवाहरु अब सामाजिक कार्यमा होमिने प्रतिबद्धता जनाए । महासचिव भाटीले मारवाडी युवाले राहत वितरण, स्वास्थ्य, शिक्षा, समाज परिवर्तन र धरानको विकासमा योगदान गर्ने बताए ।
प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सभामुख भण्डारीले मारवाडी समुदायहरु सामाजिक र धार्मिक कार्यमा बढी अग्रसर हुँदै योगदान पनि गरेको बताए । उनले अग्रसेन भवन, हनुमान मन्दिर, गीता मन्दिरलगायतको भवन बनाउन मारवाडी समुदायको ठूलो योगदान रहेको धारणा राखे । उनले धारा, विश्रामस्थललगायतमा पनि मारवाडी समुदायले प्रशंसनीय कार्य गरेको बताए । उनले मारवाडी समुदायका लागि आफूले पनि सक्दो सहयोग गर्दै जाने प्रतिबद्धता जनाए । उनले मारवाडी समुदायमा एकताको भावनाको विकास हुनुपर्ने पनि बताए ।
कार्यक्रममा बोल्दै उनले अहिले कोरोनाका कारण प्रदेश सरकार घाटामा रहेको बताए । उनले धरानको सडकलाई ८० फुटको बनाउने पनि बताए । कार्यक्रममा मारवाडी सेवा समितिका अध्यक्ष अनिल अग्रवाल, क्षेत्रीय अध्यक्ष गोपाल अग्रवाल, केन्द्रीय सदस्य सन्तोष अग्रवाल, पवन पाराख, अंकत मारु, मोहित खेडिया, सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पवन अग्रवाल, गौरीशंकर अग्रवाल, मारवाडी महिला मञ्चकी अध्यक्ष गीता अग्रवाल, पूर्व अध्यक्ष अनिता अटललगायतको उपस्थिति थियो ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: असोज ४ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend