Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुन फेरि महँगिदै

हाम्रो कोशी आवाज
असोज ६ २०७८, बुधबार
सुन फेरि महँगिदै

धरानः साताको चौथो दिन सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेको छ। चाँदी पनि तोलामा २५ रुपैयाँ महँगिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि प्रतितोला कारोबार मूल्य सुन ९० हजार १ सय रुपैयाँ छ भने चाँदी ११ सय ६५ रुपैयाँ निर्धारण भएको छ।
अघिल्लो दिनका तुलनामा ३ सय रुपैयाँ बढ्दा मंगलबार सुन प्रतितोला ८९ हजार २ सय रुपैयाँ थियो।
लगातार घटेको चाँदीको मूल्यमा बुधबार २५ रुपैयाँको बढोत्तरी हुँदै प्रतितोला ११ सय ६५ रुपैयाँ भएको छ। यसअघि सोमबार तोलाको ११ सय ३५ रहेको चाँदीको मूल्यमा मंगलबार ५ रुपैयाँको बढोत्तरी थियो। महासंघका अनुसार चाँदीको मूल्य मंगलबारका तुलनामा बुधबार प्रतितोला २५ रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला एक हजार १४० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य बुधबार प्रतितोला एक हजार १६५ रुपैयाँ तोकिएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७७ दशमलब ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। जुन समयसमय परिवर्तन भइरहन्छ। अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १७७८.०० डलर छ। यसअघि गत सोमबार १७४९.९७ र मंगलबार १७६१.७५ डलर थियो।
चाँदी बुधबार २२.८१ डलर प्रतिऔंस छ। सोमबार २२.३३ र मंगलबार २२. २५ डलर थियो।

प्रकाशित मिति: असोज ६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend