Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ताप्लेजुङमा १८ वर्षमाथिका सबैलाई असोज ९ गतेदेखि खोप

हाम्रो कोशी आवाज
असोज ६ २०७८, बुधबार
ताप्लेजुङमा १८ वर्षमाथिका सबैलाई असोज ९ गतेदेखि खोप

ताप्लेजुङ: सरकारले हिमाली जिल्लाका नागरिकलाई असोज ४ गतेदेखि खोप लगाएको भने पनि ताप्लेजुङमा भने असोज ९ गतेदेखि मात्रै लगाइने भएको छ । खोप ढुवानीमा ढिला भएकाले ९ देखि १८ गतेसम्म लगाउने गरी कार्यतालिका बनाइएको हो ।
खोप व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन पाउने ब्यवस्था मिलाइएको छ ।
व्यवस्थापन समितिको बैठकले असोज ९ देखि १३ गतेसम्म सिदिङवा, सिरिजंगा, मिक्वाखोला, फक्ताङलुङ र मेरिङदेन गाउँपालिकामा खोप लगाइने छ । १० देखि १४ गतेसम्म फुङलिङ नगरपालिका र पाथीभरा याङवरक गाउँपालिका तथा १४ देखि १८ गतेसम्म आठराई त्रिबेणी र मैवाखोला गाउँपालिकाका खोप केन्द्रमा खोप लगाउने व्यवस्था मिलाइएको छ ।
आफ्ना वडा र गाउँपालिकाका सबै नागरिकलाई खोप लगाउने व्यवस्था मिलाउन नगरपालिका, गाउँपालिका प्रमुख र वडाध्यक्ष तथा सदस्यहरूसँग अनुरोध पनि गरिएको छ । पालिका प्रमुख र वडाध्यक्षलाई अनुगमनका लागि पनि व्यवस्थापन समितिले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म ३४ हजार ८ सय १५ जनाले पूर्ण खोप लगाइसकेका छन् । १४ हजार १ सय ८२ जनाले कोभिसिल्ड, १४ हजार ८ सय १८ ले भेरोसेल र ५ हजार ८ सय १५ जनाले जोन्सन एन्ड जोन्सनको खोप लगाएको सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले बताइन् ।

प्रकाशित मिति: असोज ६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend