Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा १८ वर्ष पुगेका विद्यार्थीलाई खोप

हाम्रो कोशी आवाज
असोज ६ २०७८, बुधबार
धरानमा १८ वर्ष पुगेका विद्यार्थीलाई खोप

धरानः धरानका विद्यालय, कलेजमा अध्ययनरत विद्यार्थीहरुले खोप लगाउन पाउने भएका छन् ।
१८ वर्ष पूरा भएका विद्यालय, कलेजमा अध्ययनरत छात्रछात्राले जापानिज (एस्ट्राजेनिका) खोपको दोस्रो मात्रा लगाउने भएका हुन् । यसअघि कक्षा–१२ को परीक्षामा सहभागी र माथिका परीक्षार्थी विद्यार्थीले खोप लगाएका थिए । उनीहरुले लगाएको एक महिना पनि भएको छैन ।
भोलि अर्थात् असोज ७ गतेदेखि विभिन्न खोप केन्द्रहरुमा विद्यार्थीलाई खोप लगाउन लागिएको उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए । ‘अहिले ४ हजार ३ सय ५० डोज आएको छ’, उनले भने, ‘१० बजेदेखि ४ बजेसम्मको समयमा जुनसुकै बेला आएर पनि लगाउन सकिन्छ ।’ उनका अनुसार खोप लगाउन आउँदा परिचयपत्र र उमेर खुल्ने प्रमाणपत्र अनिवार्य गरिएको छ ।
यस्तै, उपमहानगरपालिकाले करिब साढे १० हजार बढीलाई भेरोसिल अर्थात् चाइनिज खोप लगाउने तयारी थालेको उनले जानकारी दिए । असोज ११ गतेदेखि १३ गतेसम्म ४५ वर्ष माथिका उमेर समूहलाई सो खोप लगाइने भएको हो ।
सुनसरीमा ४५ हजार डोज खोप आएको र धरानमा साढे १० हजार बढीलाई सो खोप लगाइने भएको हो ।

प्रकाशित मिति: असोज ६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend