धरानः दमकमा ‘मेरो महिनावारी’ कार्यक्रम चलेको छ । रोटयाक्ट क्लब अफ दमकको आयोजना आशा प्रोजेक्टको सहकार्यमा ‘मेरो महिनावारी’ कार्यक्रम आयोजना भएको हो ।
दमक–३ को ताराबारीमा रोट्रयाक्ट कि अध्यक्ष रोट्रयाक्टर सपना कन्दङवाको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा आमा तथा किशोरीहरुलाई पुनः प्रयोग गर्न सकिने प्याड बनाउने तालिम दिई प्याड वितरण गरिएको पुष्पा कटुवालले जानकारी दिइन् । धरानबाट पुगेकी उनले तालिम प्रदान गरेकी थिइन् भने सहजकर्ताको भूमिका निर्वाह गरेकी थिइन् ।
पहिलो चरणमा सोही स्थानमा महिनावारी र त्यसका विषयका जानकारी दिइएको थियो भने दोस्रो चरणको कार्यक्रममा रोट्रयाक्ट दमकका सदस्यहरुलाई ३० जना किशोरी तथा आमाहरुलाई पुनः प्रयोग गर्न सकिने प्याड बनाउन तालिम प्रदान गरिएको थियो ।
कार्यक्रममा अबका दिनहरुमा बजारमा पाइने अन्य प्याडहरु भन्दा यस्तै प्याडहरु नै प्रयोग गर्ने किशोरीहरुले प्रतिबद्धता जनाएका थिए भने आमाहरुले बुढेसकालमा भएपनि केही सिक्न पाइएको भन्दै खुसी ब्यक्त गरेका थिए । ‘पुनः प्रयोग हुने प्याड बनाउन योग्य बनाउने हाम्रो उद्देश्य थियो, त्यो पूरा भएको छ’ कार्यक्रम संयोजक रोट्रयाक्टर सबिता लिम्बूले भनिन् ।




