धरानः धरान–८, बरगाछीस्थित देव मोटर्स होण्डा शोरुमले यही असोज १५ गते शुक्रबारदेखि २१ गतेसम्म एक्सचेन्ज महोत्सव आयोजना गरेको छ ।
बडादशैंको अवसरमा घटस्थापनाको दिनसम्म एक्सचेन्ज गरिने मोटर्सका सञ्चालक देवेन्द्र कुँवरले जानकारी दिए । एक्सचेन्ज महोत्सवमा नै ग्राहकहरुले बम्परमा लक्की ड्र मार्फत् १५ लाख समेत पनि जित्न सकिने उनले जानकारी दिए । एक्सचेन्ज महोत्सवमा अन्य कम्पनीको मोटरसाइकल तथा स्कुटर साट्दा ७० हजारसम्म थप मूल्याङ्कन पाउने तथा होण्डाकै मोटरसाइकल वा स्कुटर भएमा त्यो भन्दा बढी थप भ्यालु पाउने उनले जनाए ।
‘एक्सचेन्ज गर्ने ग्राहकहरुले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्दा प्रचलित बजार मूल्याङ्कनभन्दा ७ हजार देखि ७० हजार रुपैयाँसम्म बोनस बापत थप मूल्याङ्कन पाउनेछ’ कुँवरले भने, ‘थप मूल्याङ्कन अहिलेसम्मको नेपालको दुई पाङ्ग्रे सवारीसाधनको एक्सचेन्ज कार्यक्रमहरुको इतिहास मध्येमा सबैभन्दा उच्च हो ।’
ग्राहकहरुले एक्सचेन्जमा ल्याउने मोटरसाइकल वा स्कुटर पूर्णरुपमा नेपाल सरकारको नियमानुसार कर चुक्ता भएको र चालु अवस्थाको हुनुपर्ने शर्त रहेको उनले बताए ।
