Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा परिवर्तनका लागि सामाजिक अभियानद्वारा निःशुल्क स्वास्थ्य परीक्षण

हाम्रो कोशी आवाज
असोज १६ २०७८, शनिबार
धरानमा परिवर्तनका लागि सामाजिक अभियानद्वारा निःशुल्क स्वास्थ्य परीक्षण

धरानः परिवर्तनका लागि सामाजिक अभियान, धरानले सामाजिक स्वास्थ्य क्लिनिक–२ सम्पन्न गरेको छ ।
७० वर्षदेखि माथिका जेष्ठ नागरिकहरुको लागि आयोजना गरिएको सो स्वास्थ्य क्लिनिक पाक्षिकरुपमा आयोजना हुने गरेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा सास्थ्य जाँच हुने सो क्लिनिकमा नयाँ र पुराना बिरामी गरी ३० जनाले स्वास्थ्य जाँच गराएका थिए ।
७० वर्ष भन्दा माथिका बुवाआमाहरुलाई सजिलो तथा स्वास्थ्य सचेतना होस् भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए । धरान–१ स्थित धरान मोडल कलेजमा आयोजित कार्यक्रममा वर्षा अग्रवाल, दीपेन्द्र निरौला, भोजराज श्रेष्ठ, मोहन श्रेष्ठ, वासुदेव बराल, त्रिभुवन बराल, जेनिश शाक्य लगायतका अभियानकर्मीको उपस्थिति रहेको थियो ।
बुबालाई जाँच गराउन ल्याएको र यहाँ सहजतापूर्वक जाँच गराउन पाउँदा साहै खुशी लागेको धरान–१२ निवासी अलङ्कार पलिखेले बताए । आफ्नी आमालाई जाँच गराउन ल्याएका धरान–२ निवासी प्रमेश श्रेष्ठले पनि आयोजकप्रति आभार प्रकट गरे ।

 

प्रकाशित मिति: असोज १६ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend