Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बजाज शोरुममा हप्तादिन महामेला लाग्ने

हाम्रो कोशी आवाज
असोज १६ २०७८, शनिबार
धरानको बजाज शोरुममा हप्तादिन महामेला लाग्ने

धरानः धरानमा बजाजको आफ्नै शोरुममा ‘एक्सचेञ्ज एण्ड अपग्रेड महामेला’ लाग्ने भएको छ ।
बजाज मोटरसाइकलको धरानका लागि आधिकारिक बिक्रेता अर्विन एण्ड ब्रर्दश अटोले असोज १७ गतेदेखि २३ गतेसम्म महामेला गर्न लागेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । शोरुममा १०० सिसीदेखि ४०० सिसीसम्मका मोटरसाइकल बिक्रीका लागि राखिएको उनले जानकारी दिए ।
शनिबार पत्रकार सम्मेलन गर्दै सञ्चालक एवं प्रबन्ध निर्देशक अर्विन तामाङले दशैं, तिहार र छैठ जस्ता महत्वपूर्ण चाडपर्वको अवसर पारेर धरान–८ भोटेपुलस्थित आफ्नै शोरुममा महामेला आयोजना हुने जानकारी दिए ।

उनका अनुसार महामेलामा पुरानो मोटरसाइकलको अधिक मूल्याङ्कन तथा बजार मूल्यभन्दा १० जार थप मूल्याङ्कन गरिनेछ भने शुन्य प्रतिशत ब्याजदरमा सरल फाइनान्स सुविधा पनि उपलब्ध हुनेछ ।
तामाङका अनुसार नगद तथा एक्सचेञ्जबाट खरिद गर्ने ग्राहकहरुले १० हजारदेखि १० लाखसम्म नगद पनि जित्न सक्नेछन् । प्रत्येक महिना देशभरबाट बम्परमार्फत् खरिद तथा एक्सचेञ्ज गर्ने ग्राहकहरुमध्ये एकजनाले यो उपहार पाउनेछन् । मेला अवधिभर प्रत्येक खरिदकर्ताले हेल्मेट र लेगगार्ड पनि निःशुल्क प्राप्त गर्ने प्रबन्ध निर्देशक तामाङले जानकारी दिए ।
कार्यक्रममा उनले नगदमा छुट र फाइनान्सको सुविधा पनि रहेको जानकारी गराए । बजाज ब्राण्डको मोटरसाइकल नेपालमा सर्वाधिक बिक्री हुनेमा पर्दछ । तस्वीरः लक्ष्मण थापा

 

प्रकाशित मिति: असोज १६ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend