Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विराटनगर महानगरमा संस्थापनइतरका दीपकले जिते

हाम्रो कोशी आवाज
असोज १७ २०७८, आइतबार
विराटनगर महानगरमा संस्थापनइतरका दीपकले जिते

विराटनगरः नेपाली काँग्रेस विराटनगर महानगरपालिकाको नगर सभापतिमा दीपक चापागाईँ निर्वाचित भएका छन् ।
केन्द्रीय सदस्य शेखर कोइराला निकट चापागाईँले २१२ मत प्राप्त गरी महानगर सभापतिमा बाजी मारेका हुन् । सभापति शेरबहादुर देउवा निकट सन्तोष न्यौपानेले १६५ मत मात्रै प्राप्त गरेका थिए । संस्थापन इत्तर पक्षबाटै सभापति पदमा उठेका कृष्ण कार्कीले १३३ र अरुण न्यौपानेले १२७ मत ल्याएका थिए ।
महानगर समितिको उपसभापतिमा निरोज कोइराला र इन्दु सुवेदी निर्वाचित भएका छन् । सचिवमा झुमा निरौला र तेजिन्द्र भट्टराई, सहसचिवमा सचिन पोखरेल र दिवस नेपाल विजयी भएका छन् । मोरङमा शनिबार मतदान भएका १६ मध्ये ६ पालिका परिणाम शनिबार साँझ आइसकेको थियो । बेलबारी नगर सभापतिमा छत्र लिम्बू विजयी भएका छन् ।
यस्तै कानेपोखरी गाउँपालिका सभापतिमा योगेन्द्र दाहाल निर्वाचित भएका छन् भने कटहरी गाउँपालिका सभापतिमा रामकुमार कामत विजयी भएका छन् । मिक्लाजुङ गाउँपालिकामा बबी राई सभापतिमा निर्वाचित भएका छन् । धनपालथानमा सभापतिमा दीपकवीर पाण्डे विजयी भएका छन् । सुनबर्सी नगरपालिका सभापतिमा कमलकिशोर सिंह निर्वाचित भएका छन् ।

प्रकाशित मिति: असोज १७ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend