Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा होण्डा शोरुममा एक्सचेञ्ज महोत्सव असोज २३ गतेसम्म चल्ने

हाम्रो कोशी आवाज
असोज २१ २०७८, बिहिबार
धरानमा होण्डा शोरुममा एक्सचेञ्ज महोत्सव असोज २३ गतेसम्म चल्ने

धरानः धरान-८, बरगाछीस्थित देव मोटर्स होण्डा शोरुममा भइरहेको एक्सचेन्ज महोत्वसवमा स्कुटर एक्सचेन्ज गर्दा एक भाग्यशाली ग्राहकले नगद ५० हजार प्राप्त गरेकी छिन् ।
महोत्सवको सातौंदिन धरान-१७ की उर्मिला राईले स्क्रयाच कुपनबाट नगद रू ५० हजार प्राप्त गरेको मोटर्सका सञ्चालक देवेन्द्र कुँवरले जानकारी गराए । ‘राईले डियो स्कुटर खरिद गर्दा सो रकम हात पारेकी हुन्,’ उनले भने, ‘राईले २ लाख १९ हजार ९ सय पर्ने डियो स्कुटर पुरस्कारको रकम घटाएर मात्र १ लाख ६९ हजार ९ सयमा स्कुटर चढ्न सफल हुनुभएको छ ।’ वडादशैंको अवसर पारेर असोज १५ गतेदेखि सञ्चालित महोत्सव ग्राहकरहरूको अध्याधिक मागका कारण २ दिन थप गरी असोज २३ गते शनिबारसम्म सञ्चालन हुने समेत कुंवरले बताए ।

महोत्वसमा भर्खरै बजारमा भित्रिएको होण्डा कम्पनीको १२५ सिसि ग्राजिया स्कुटर सबै भन्दा धेरै बिक्री भएको छ । होण्डा कम्पनिमा पहिले स्पोर्टस लुक भएको ११० सिसीको डियो स्कुटर मात्र भएकोमा अहिले ग्राजिया समेत रहेको कुँवरले बताए । ग्राजियामा फ्युल इन्जेक्सन प्रविधी रहेको जसको कारण तेलको बचत हुने कुँवरले जनाए । यस्तै, ग्राजियाको अन्य विशेषतामा किल स्विच, आवाज रहित सेल्फ स्टार्ट, स्ट्यान्ड सेन्सर र डिकी भन्दा बाहिर फ्युल ट्याङ्क रहेको उनले जानकारी दिए ।
महोत्वको सातौं दिनसम्ममा ५० वटा भन्दा बढी सवारी बिक्री गरिसकेको जसमा एउटा ३५० सिसीको हाइनेस मोटरसाइकल समेत बिक्री भएको कुँवरले जानकारी गराए । एक्सचेन्ज महोत्सवमा सहभागी ग्राहकहरुमध्ये नेपाल अधिराज्यभरबाट बम्परमा लक्की ड्र मार्फत् १ जना भाग्यशाली ग्राहकले १५ लाख जित्न सकिने र ७ प्रदेशमा १–१ जना ग्राहलकले जनही १–१ लाख नगद पाउने समेत उनले जानकारी दिए ।

 

प्रकाशित मिति: असोज २१ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend