धरानः धरानमा बजाजको आफ्नै शोरुममा ‘एक्सचेञ्ज एण्ड अपग्रेड महामेला’ अझै फूलपातीसम्म रहने जनाइएको छ ।
बजाज मोटरसाइकलको धरानका लागि आधिकारिक बिक्रेता अर्विन एण्ड ब्रर्दश अटोले असोज १७ गतेदेखि २३ गतेसम्म महामेला लगाएको थियो । ‘छुटेका र अपग्रेट गर्न चाहनेहरुको लागि मध्यनजर गर्दै फूलपातीसम्म अर्थात् २६ गते मंगलबारसम्म महामेला आयोजना हुनेछ’, सञ्चालक एवं प्रबन्ध निर्देशक अर्विन तामाङले भने ।
दशैं, तिहार र छैठ जस्ता महत्वपूर्ण चाडपर्वको अवसर पारेर धरान-८ भोटेपुलस्थित आफ्नै शोरुममा महामेला आयोजना भइरहेको छ । शोरुममा १०० सिसीदेखि ४०० सिसीसम्मका मोटरसाइकल बिक्रीका लागि राखिएको उनले जानकारी दिए ।
उनका अनुसार महामेलामा पुरानो मोटरसाइकलको अधिक मूल्याङ्कन तथा बजार मूल्यभन्दा १० जार थप मूल्याङ्कन गरिनेछ भने शुन्य प्रतिशत ब्याजदरमा सरल फाइनान्स सुविधा पनि उपलब्ध हुनेछ । तामाङका अनुसार नगद तथा एक्सचेञ्जबाट खरिद गर्ने ग्राहकहरुले १० हजारदेखि १० लाखसम्म नगद पनि जित्न सक्नेछन् ।
प्रत्येक महिना देशभरबाट बम्परमार्फत् खरिद तथा एक्सचेञ्ज गर्ने ग्राहकहरुमध्ये एकजनाले यो उपहार पाउनेछन् । मेला अवधिभर प्रत्येक खरिदकर्ताले हेल्मेट र लेगगार्ड पनि निःशुल्क प्राप्त गर्ने प्रबन्ध निर्देशक तामाङले जानकारी दिए । बजाज ब्राण्डको मोटरसाइकल नेपालमा सर्वाधिक बिक्री हुनेमा पर्दछ । तस्वीरः हाम्रो कोशी आवाज








