Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा होण्डाको ‘एक्सचेन्ज महोत्सव’ थपियो

हाम्रो कोशी आवाज
असोज २३ २०७८, शनिबार
धरानमा होण्डाको ‘एक्सचेन्ज महोत्सव’ थपियो

धरानः धरान-८, बरगाछीस्थित देव मोटर्स होण्डा शोरुमले यही असोज १५ गते शुक्रबारदेखि २१ गतेसम्म आयोजना गरेको एक्सचेन्ज महोत्सवको समयअवधि थपिएको छ ।
फूलपातीसम्म नै एक्सचेन्च महोत्सव चल्ने मोटर्सका सञ्चालक देवेन्द्र कुँवरले जानकारी दिए । ‘होण्डाको ब्राण्डकै कारण र क्वालिटी भएका कारण अहिलेसम्म उत्साहजनक सहभागिता रहेको पाइएको छ’, उनले भने, ‘यस्तो उत्साह यसअघि पनि हुन सकेको थिएन ।’
महोत्वसमा भर्खरै बजारमा भित्रिएको होण्डा कम्पनीको १२५ सिसी ग्राजिया स्कुटर सबैभन्दा बढी बिक्री भएको उनले जानकारी दिए । कम्पनीमा पहिले स्पोर्टस लुक भएको ११० सिसीको डियो स्कुटर मात्र भएकोमा अहिले ग्राजिया समेत रहेको कुँवरले बताए । ग्राजियामा फ्युल इन्जेक्सन प्रविधी रहेको जसको कारण तेलको बचत हुने कुँवरले जनाए । यस्तै, ग्राजियाको अन्य विशेषतामा किल स्वीच, आवाजरहित सेल्फ स्टार्ट, स्ट्यान्ड सेन्सर र डिकीभन्दा बाहिर फ्युल ट्याङ्क रहेको उनले जानकारी दिए ।
एक्सचेन्ज महोत्सवमा नै ग्राहकहरुले बम्परमा लक्की ड्र मार्फत् १५ लाख समेत पनि जित्न सकिने उनले बताए । यस एक्सचेन्ज महोत्सवमा अन्य कम्पनीको मोटरसाइकल तथा स्कुटर साट्दा ७० हजारसम्म थप मूल्याङ्कन पाउने तथा होण्डाकै मोटरसाइकल वा स्कुटर भएमा त्यो भन्दा बढी थप भ्यालु पाउने उनले जनाए ।
‘एक्सचेन्ज गर्ने ग्राहकहरुले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्दा प्रचलित बजार मूल्याङ्कनभन्दा ७ हजार देखि ७० हजारसम्म बोनसबापत थप मूल्याङ्कन पाउनेछ’ उनले भने, ‘थप मूल्याङ्कन अहिलेसम्मको नेपालको दुई पाङ्ग्रे सवारी साधनको एक्सचेन्ज कार्यक्रमहरुको इतिहासमध्येमा सबैभन्दा उच्च हो ।’ ग्राहकहरुले एक्सचेन्जमा ल्याउने मोटरसाइकल वा स्कुटर पूर्णरुपमा नेपाल सरकारको नियमानुसार कर चुक्ता भएको र चालु अवस्थाको हुनुपर्ने शर्त रहेको उनले बताए ।
धरान ८, बरगाछी स्थित देव मोटर्स होण्डा शोरुममा भइरहेको एक्सचेन्ज महोत्वसवमा स्कुटर एक्सचेन्ज गर्दा आज एक भाग्यशालि ग्राहकले नगद ५० हजार प्राप्त गरेकी छिन ।
महोत्वसवको सातौंदिन धरान–१७ की उर्मिला राईले स्क्रयाच कुपनबाट नगद रू ५० हजार प्राप्त गरिसकेकी छिन् । राईले डियो स्कुटर खरिद गर्दा सो रकम हात पारेकी हुन् ।

प्रकाशित मिति: असोज २३ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend