Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-४ मा समाजसेवीले ३ कट्ठा १ धुर जग्गा दिएपछि बन्यो प्रहरी चौकी भवन

हाम्रो कोशी आवाज
असोज २३ २०७८, शनिबार
धरान-४ मा समाजसेवीले ३ कट्ठा १ धुर जग्गा दिएपछि बन्यो प्रहरी चौकी भवन

धरानः धरान–४ पत्रङ्गबारीका स्थानीयबासी र धरान उपमहानगरपालिका मिलेर १० लाख बढीमा प्रहरी चौकी भवन बनेको छ । पाँचकोठे अस्थायी प्रहरी चौकी निर्माण सकिएपछि उपमहानगरपालिकाका मेयर तिलक राईले उद्घाटन समेत गरेका छन् ।
धरान उपमहानगरपालिकाबाट तीन लाख, स्थानीयबासी चार लाख ७३ हजार पाँच सय, जनसहभागिताबाट दुई लाख ४० हजार गरेर जम्मा १० लाख १३ हजार पाँच सय रुपैयाँको लागतमा भवन बनेको हो । भवन निर्माणका लागि नेता समाजसेवी सम्राट क्षत्रीले ३ कठा १ धुर जग्गा उपलब्ध गराएका थिए । कार्यक्रममा उनलाई सम्मानपत्रले मेयर राईले सम्मान समेत गरेका थिए । कार्यक्रमा बोल्दै मेयर राईले यो जनस्तरबाट प्रहरी चौकी भवन निर्माण हुनु सह्रानीय कार्य भएको बताए ।
निर्माण समितिका अध्यक्ष टंक रानामगरले अस्थायी प्रहरी चौकी आएदेखि आपराधिक घटना कम भएको र यहाँको जनताले सुरक्षाको अनुभूति गर्न पाएको बताए ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले प्रहरी र जनता नङ मासुको जस्तै सम्बन्ध हुनुपर्ने बताउँदै भने, ‘यो कुराको प्रमाणित पत्रङ्गबारीबासी जनताले गरेका छन् ।’
कार्यक्रममा सचिव गणेश बजगाई, उपध्यक्ष कमला आचार्य, सदस्यहरु विनोद राई, देवराज दुमी, चन्द्रमान श्रेष्ठ, नवीन कुलुङ, युवाराज कुलुङ रहेका थिए ।

प्रकाशित मिति: असोज २३ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend