Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अरुण तेस्रोलाई ६२ अर्ब २८ करोडको अनुमति

हाम्रो कोशी आवाज
असोज २४ २०७८, आइतबार
अरुण तेस्रोलाई ६२ अर्ब २८ करोडको अनुमति

धरानः नेपाल सरकारले निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा थप ६२ अर्ब २६ करोड लगानी ल्याउन प्रवद्र्धक कम्पनीलाई अनुमति दिएको छ ।
लगानी बोर्डको शनिबार बसेको बैठकले सो आयोजनाको प्रवद्र्धक एसजेबीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीलाई त्यस बराबरको पूँजी वृद्धि गर्न अनुमति दिएको हो ।
संखुवासभा जिल्लामा निर्माणधीन सो आयोजना भारत सरकार स्वामित्वको सतलज जलविद्युत कम्पनीले बनाइरहेको छ । सो कम्पनीले नेपालमा एसजेबीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी स्थापना गरेर आयोजना बनाइरहेको हो । आयोजनामा नेपाल र भारतका ६ बैंकले १ खर्ब १ अर्ब ६० करोड (भारू ६३ अर्ब ५० करोड) बराबरको ऋण लगानी गरिसकेका छन् । आयोजनामा थप लगानी आवश्यक परेपछि पूँजी वृद्धि गर्न लागिएको थियो ।
शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा लगानी बोर्डको ४८ औं बैठक बसेको थियो । सो बैठकले प्रवद्र्धक कम्पनीलाई पूँजी वृद्धि गर्न अनुमति दिएको हो । नेपाल सरकारका प्रधानमन्त्री बोर्डको अध्यक्ष हुने प्रावधान रहेको छ ।

प्रकाशित मिति: असोज २४ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend