सडक यातायातलाई सहज बनाउनका लागि सरकारले देशभर विभिन्न स्थानमा २२ वटा सुरुङमार्ग निर्माण गर्ने भएको छ ।
गतवर्षको बजेटमा अर्थमन्त्र्री पौडेलले टोखा–छहरे–गुर्जुभज्याङ, वेत्रावती–स्याफ्रुबेशी, खुर्कोट–चियावारी र थानकोट–चित्लाङ सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी निर्माण कार्य प्रारम्भ गरिने बताएका थिए ।
पृथ्वी राजमार्गको मझिमटार–शक्तिखोर, पोखरा–बाग्लुङ राजमार्गको हेम्जा–नयाँपुल, चेपाङ राजमार्गको दुम्लिङ–वाङसिङ, पूर्व–पश्चिम राजमार्गको दुम्कीवास–वर्दघाट, कोहलपुर–सुर्खेत राजमार्गको बबई–छिन्चु, सुर्खेत–दैलेख सडकको कपासे–सियाकोट, पाल्पा–तम्घास सडकको प्रभास–जोर्ते र विपिनगर–खुटिया–दिपायल खण्डमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन तथा डीपीआर तयार गर्ने गत वर्षको बजेटमा उल्लेख छ ।
खुटिया दिपायल गोदावरी सुरुङमार्ग जसमा बीपी नगर–खुटिया–दिपायल खण्ड तथा गोदावोरी कुण्ड काभ्रे मानेचौर जोड्ने सुरुङमार्गको ईन्सेप्सन् रिपोर्टसमेत प्राप्त भएको सडक विभागले जानकारी दिएको छ ।
आवमा यस्ता सुरुङमार्ग आयोजनाहरुलाई प्रथामिकताका साथ सम्भाव्यता अध्ययन तथा डीपीआर तयार पार्नेदेखि ठेक्का आह्वानसमेत भएका छन् । आव पनि केही नयाँ सुरुङमार्गको आयोजनाहरु थपिएको सडक विभाग अन्र्तगतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैशीले बताए ।
उनकाअनुसार अहिले ठुस्नेखोला थारिपाटनदेखि स्याङ्जा गुडिकोला सुरुङमार्ग अध्ययन भनेर राखिएको छ । त्यस्तै, मरिठाँटी सुरुङमार्ग बाग्लुङ भनेर अर्को परेको छ । रारा राजमार्ग भनेर जाजरकोट–जुम्ला सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि काम भइरहेको पनि उनले बताए । इलाममा राजदुकोल सुरुङमार्ग अध्ययन भनेर आवमा परेको छ ।
हाल सडक विभाग अन्र्तगत निर्माणको पखाईमा ३ वटा सुरुङमार्ग रहेका छन् ।
विभागले धरान लेउती सुरुङमार्गको भने रिक्वेस्ट फर प्रपोजल (आरएफपी) को वित्तीय प्रस्तावको मूल्याङ्कन अहिले भएको पनि जैशीले बताए । धरान–लेउती सुरुङमार्गको अहिले सम्भाव्यता अध्ययन भइरहेको पनि जैसीले बताए । ‘यसको पनि स्रोत सुनिश्चित्ता आउन बाँकी रहेको छ,’ उनले भने, ‘स्रोत सुनिश्चित्ता चाँडै आयो भनी यो वर्षको अन्तिमसम्म ठेक्का प्रक्रियामा जान सकिन्छ ।’