Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘प्रदेश १ मा राजेन्द्र राईको नेतृत्वमा सरकार’

हाम्रो कोशी आवाज
कार्तिक १३ २०७८, शनिबार
‘प्रदेश १ मा राजेन्द्र राईको नेतृत्वमा सरकार’

धरानः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाले गठबन्धन मजबुत भएको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज (शनिबार) बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीको क्रममा उनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउने विषयमा कुनै छलफल नभएको बताए । उनले प्रदेश-१ मा छिट्टै मुख्यमन्त्री भीम आचार्यको बहिगर्मन हुने जनाए ।
प्रदेश-१ का नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रकुमार राईको नेतृत्वमा सरकार बन्ने भनाइ राख्दै उनले अघिल्लो सरकारले सङ्घीयता, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको आरोप लगाए । उनले आफ्नो पार्टीमा मेचीदेखि महाकालीसम्म जनलहर देखिएको बताए ।

प्रकाशित मिति: कार्तिक १३ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend