Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

राई र उराउले हात पारे ‘मिस्टर एण्ड मिसेस’ को उपाधि

हाम्रो कोशी आवाज
कार्तिक १६ २०७८, मंगलबार
राई र उराउले हात पारे ‘मिस्टर एण्ड मिसेस’ को उपाधि

बिर्तामोडः स्काई क्रिएटर्स इन्टरटेनडमेण्ट प्रा.लि.ले आयोजना गरेको ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’ अन्तरगतको तेस्रो संस्करणको उपाधि मुस्कान साम्पाङ राई र एलिषा उराउले हात पारेका छन् ।
पुरुषतर्फको उपाधि केर्खा निवासी राईले हात पारेका हुन् भने ‘महिला’ तर्फको उपाधि विराटनगरकी उराउले जितेकी हुन् । प्रालिले ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’ को तेस्रो संस्करण बिर्तामोडमा सम्पन्न गरेको थियो । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्य एवम् प्रालिका अध्यक्ष सन्दीप राजवंशीको अध्यक्षतामा भएको फाइनल प्रतियोगीताका विजेताले उपाधिसँगै ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागी विजेतालाई काठमाडौंका विभिन्न कलेजमा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने बताइएको छ ।
प्रतियोगिताअन्तर्गत फष्ट रनरअप जस्मिन कोइराला र सेकेण्ड रनरअप एकता भट्टराई भएका छन् । त्यस्तै ‘भिवर्स चोइज्ज ’को अवार्ड मिनाल खण्डेलवाल र मस्ट ट्यालेन्टको अवार्ड रिदिमा अग्रवालले हात पारेका छन् । फाइनल प्रतियोगितामा प्रदेश भरिका १२ जनाले प्रतिष्पर्धा गरेका थिए । युवामा रहेको अन्तरनिहीत प्रतिभा छनौटका लागि स्काई क्रिएटर्स इन्टर टेनमेन्ट प्रालिले गत दुई वर्षदेखि प्रदेशस्तरीय प्रातियोगिताको आयोजना गर्दै आएको प्रालिका अध्यक्ष राजवंशीले जानकारी दिए । १५ देखि २२ वर्ष उमेर समूहका प्रदेश १ भरिका ३० जनाले यो प्रतियोगितामा भाग लिएका थिए । जसमध्ये फाइनल राउण्डमा १२ जना पुगेका थिए ।

प्रकाशित मिति: कार्तिक १६ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend