विराटनगरः महानगरपालिकाका प्रमुख भीम पराजुली १८ औं पटक छठको कठोर ब्रत बसेका छन् ।
उनी छठ पूजाका लागि दण्डप्रणाम गर्दै विराटनगरस्थित सिंघिया घाटतर्फ निस्किएका छन् । छठको निराहार ब्रत बसेका पराजुली १८ औं पटक दण्डप्रणाम गर्दै घस्रिएर घाटतर्फ लागेका हुन् ।
पराजुलीले विराटनगर महानगरपालिका–३ ठूलो मिल चोकस्थित शिव पाञ्चायन मन्दिरबाट बुधबार बिहान साढे ११ बजे सिंघिया घाटतर्फ दण्डप्रणाम यात्रा सुरु गरेका हुन् ।
करिब दुई किलोमिटर दूरी छिचोल्न उनलाई करिब चार घण्टा लाग्छ । पराजुलीसँगै भतिजा प्रमीश पनि दण्डप्रणाम गर्दै घाटतर्फ लागेका छन् । उनी नगरवासीको सुख, शान्ति र समृद्धि कामना गर्दै छठको कष्टपूर्ण ब्रत बस्दै आएका छन् ।