Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ढाकाको कपडाप्रति महिलाको आकर्षण

हाम्रो कोशी आवाज
कार्तिक २५ २०७८, बिहिबार
ढाकाको कपडाप्रति महिलाको आकर्षण

ताप्लेजुङः प्रायःलिम्बू समूदायहरुले आफ्नो मौलिक भेषभूषाको रुपमा प्रयोग गर्दै आएकोमा पछिलो समय अन्य समुदाय पनि ढाकाको कपडा प्रति आकर्षण बढ्दै आएको छ ।
देशविदेशमा बसोबास गर्ने लिम्बू समुदायहरुले पनि ढाकाको कपडा माग गर्दै आएको छन् । ढाका कपडाको राम्रो बजार भएकाले ताप्लेजुङको गाउँगाउँका महिलाहरुले उद्योग दर्ता गरेर राम्रो आम्दानी लिँदै आएका छन् ।
कोट, सट, पछौरा, साडी, टोपी र कुर्तासुरुवाललगायतका ढाका कपडा परम्पराग तानबाट उत्पादन गरिन्छ । एकवटा साडी रु पाँच हजारदेखि २० हजारसम्ममा बिक्री हुने गरेको छ । ताप्लेजुङको सदरमुकाम फुङ्लीङ नगरपालिका–७ दोखुस्थित सोनी ढाका उद्योगमा १० जना महिलाहरु दैनिक ज्यालादारीको रुपमा ढाकाको कपडा बुन्दै आएका छन् ।

प्रकाशित मिति: कार्तिक २५ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend