धरानः कोरोनाविरुद्धको भेरोसेल खोप (चाइनिज खोप) पहिलो मात्रा लगाइएकालाई मङ्सिर २ र ३ गते धरानमा दोस्रो मात्रा लगाइने भएको छ ।
धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले बुधबार एक सूचना जारी गरी बिहीबार र शुक्रबार धरानका २० वटै वडाको खोप केन्द्रमा चाइनिज भेरोसेल खोपको दोस्रो मात्रा लगाइने जानकारी दिएको हो ।
स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार पहिलो दिन विहीबार वडा नं. १ देखि १० सम्मको खोप केन्द्रहरुमा खोप कार्यक्रम सञ्चालन हुनेछ भने दोस्रो दिन शुक्रबार वडा नं. ११ देखि २० सम्मको खोप केन्द्रहरुमा खोप कार्यक्रम सञ्चालन हुनेछ ।
