Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीको चतरा-चीन जोडिँदै

हाम्रो कोशी आवाज
मंसिर २ २०७८, बिहिबार
सुनसरीको चतरा-चीन जोडिँदै

फुङ्लिङ: राष्ट्रिय गौरवको आयोजना तमोर करिडोर निर्माणको काम द्रूत गतिमा भइरहेको छ। करिडोरअन्तर्गत चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलासम्म हाल ट्र्याक खोल्ने काम भइरहेको छ ।
आगामी फागुन मसान्तसम्म चीनको सीमावर्ती क्षेत्रसँग जोड्ने गरी काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि राजीव लामिछानेले जानकारी दिए। उनले भने, “चीनको रिउ बजारसँग करिडोर जोडिने छ।” टिप्ताला नाकादेखि ओलाङचुङगोला हुँदै गैरी पाटीसम्म ३५ किलोमिटर लामो ट्र्याक दुई वर्ष अघि नै खोल्ने काम भइसकेको छ ।
सुनसरीको चतरादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथर र ताप्लेजुङको ओलाङचुङगोलाको सुकेपानीसम्म करिडोर निर्माण गरिएको छ। भारत र चीनसँग सडक सञ्जालले जोड्ने आयोजनाका सूचना अधिकारी माधव पौडेलले बताए। सुनसरीको चतरादेखि ओलाङचुङगोलासम्म उक्त करिडोर २३० किलोमिटर लामो छ ।
ओलाङचुङगोलादेखि टिप्ताला नाकासम्म २४ किलोमिटर पर्दछ। तमोर करिडोरको कूल लम्बाइ २५४ किलोमिटर रहेको छ । जोगवनी नाकादेखि चतराको लम्बाइ ६० किलोमिटर रहेको छ। “करिडोरको ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ”, पौडेलले भने ।
धनकुटाको मूलघाटबाट तमोर करिडोर खन्न सुरु गरिएको हो। ओलाङचुङगोलामा ३०० मिटर ट्र्याक निर्माण सकिएको छ। तमोर कोरिडोरअन्तर्गत हाल धनकुटा, पाँचथर र ताप्लेजुङमा काम भइरहेको छ। सो खण्डमा १० पुल निर्माणाधिन अवस्थामा छन्। सुकेपानीदेखि गैरीपाटीसम्मको तीन किलोमिटर क्षेत्रमा मात्र काम बाँकी छ ।
तमोर कोरडोर निर्माण २०६५ सालमा थालिएको हो। सडक उपभोक्ता समिति गठन गरी निर्माण प्रारम्भ भएको हो। भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो सडकका रूपमा तमोर करिडोरलाई विकास गर्न लागिएको हो। सडक निर्माणमा हालसम्म रु ४० करोड २० लाख खर्च भएको आयोजनाले जनाएको छ। सडकले नेपाललाई भारतको जोगवनी र चीनको तिब्बतस्थित रियु व्यापारिक केन्द्रसँग जोड्ने छ ।

प्रकाशित मिति: मंसिर २ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend