Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु

हाम्रो कोशी आवाज
मंसिर २ २०७८, बिहिबार
ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु

उदयपुरः उदयपुरमा निर्माण मजदुर सवार ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
त्रियुगा नगरपालिका ९ गैरुनका ४० वर्षीय बौका सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।
गम्भीर घाइते बनेका उनको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको उनले जानकारी दिए । उदयपुरगढी गाउँपालिका वडा नम्बर ६ दनुवारबेंसीमा सो ट्याक्टर दुर्घटनामा परेको थियो । गम्भीर घाइतेहरुलाई उपचारका लागि तत्काल मोरङको विराटनगरतर्फ पठाइएको डीएसपी गौतमले जानकारी दिए ।
दनुवारबेसी हुँदै गाईघाटबाट रुपाटारतिर जाँदै गरेको प्र. नं. २–०१–००१ त १०८३ नम्बरको ट्याक्टर घुम्ती मोडमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।
घाइतेमध्ये मृतकका श्रीमती ४० वर्षीया नारायणवती सदा, गैरुनकै १६ वर्षीया सुकुन सदा र त्रियुगा वडा नम्बर १० करमगाछी घर भएका २० वर्षीय दिवस सार्कीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको हात, खट्टा, कम्मरलगायत शरीरको विभिन्न भागमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेकाले थप उपचारका लागि तत्काल विराटनगर पठाइएको डीएसपी गौतमले जानकारी दिए ।

प्रकाशित मिति: मंसिर २ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend