Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

संखुवासभामा हेलिकोप्टर चार्टर गर्दा १३ मत खसेको गाउँमा सेवा लिन दुईदिन

हाम्रो कोशी आवाज
मंसिर ५ २०७८, आइतबार
संखुवासभामा हेलिकोप्टर चार्टर गर्दा १३ मत खसेको गाउँमा सेवा लिन दुईदिन

तस्वीरमा संखुवासभाको मकालु गाउँपालिका वडा नं. ५ मा पर्ने मांसिमा गाउँ ।

संखुवासभाः स्थानीय पुनर्संरचनापछि कार्य भएको साविकको चेपुवा गाविस सिङ्गो वडा बनाउँदा स्थानीय सेवाग्राहीले सास्ती भोग्नुपरेको र संघीयता मर्मविपरीत भएको भन्दै मन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।
संखुवासभा जिल्लाको मकालु गाउँपालिकाको नुममा जनता समाजवादी पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रममा आएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठसमक्ष ज्ञापनपत्र बुझाइएको हो ।
भोटखोला गाउँपालिका वडा नम्बर २ च्याम्ताङ गाउँका पासाङ भुदर लामाको नेतृत्वमा मन्त्रीसमक्ष वडा विभाजनको ज्ञापनपत्र बुझाएको पासाङ भुदरले बताए ।
नेपालकै सबैभन्दा कम मत खसेको थुदाम जुन तत्कालीन चेपुवा गाविसको वडा नम्बर ९ हो जहाँ २०७४ सालको स्थानीय चुनाबमा राज्यले हेलिकप्टर चार्टर गरेर चुनाव गराउँदा १३ मत खसेको थियो । त्यही थुदामका स्थानीयवासी वडाको सेवा लिन अनिवार्य १० घण्टा र गाउँपालिकाबाट सेवा लिन गाउँपालिकाको कार्यालय हटिया पुग्न पुरै दुईदिन लाग्छ । जुन चेपुवा गाबिस हुँदा भने गाविस कार्यालय च्याम्ताङ हुँदा यत्तिको सास्ती ब्यहोर्नु परेको थिएन ।
त्यसैगरी हालको वडा नम्बर २ को दक्षिणी क्षेत्रमा रहेको रुकुमा गाउँबाट पनि वडा कार्यालय रहेको च्याम्ताङ गाउँ आएर सेवा लिन पुरै एकदिन लाग्ने छ । यस्तै तवरले तत्कालीन किमाथाङ्का गा.वि.स. सिङ्गो वडा हुनसक्ने हटिया गाविस ३ वटा वडामा विभाजन हुँदा भौगोलिक रुपमा विशाल र विकट रहेको सिङ्गो चेपुवा गाविस एउटा मात्र वडा बन्दा त्यहाँका स्थानीयवासीले अधिक सास्ती भोगिरहेका छन् । यसका साथै गाउँपालिकाको वार्षिक कार्ययोजनामा विकास निर्माण योजनाहरु भूगोलका आधारमा नभएर वडाकै आधारमा बन्ने गरेकाले ठूलो भूगोल भएका वडाहरु मारमा परेका छन् ।

 

प्रकाशित मिति: मंसिर ५ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend