Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धनकुटामा कांग्रेसको प्रदेश सभापतिमा जितेन्द्र रुम्दालीको सहज जीत

हाम्रो कोशी आवाज
मंसिर ७ २०७८, मंगलबार
धनकुटामा कांग्रेसको प्रदेश सभापतिमा जितेन्द्र रुम्दालीको सहज जीत

धनकुटाः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत धनकुटाको प्रदेशसभा ‘क’ को सभापतिमा जीतेन्द्र रुम्दाली राई निर्वाचित भएका छन् ।
सोमबार बिहान सम्पन्न मत परिणाम अनुसार ५५० मत खसेकोमा उनले २८३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी मोहन बान्तवा राईले २३२ प्राप्त गरेका छन् । प्रदेशसभा ‘क’मा सबै पदमा मतदान भएको थियो ।
उपसभापतिमा नगेन्द्र राई र मिलन खड्गी निर्वाचित भएका छन् । सचिवमा नगेन्द्रबहादुर तामाङ (जीवन) र सञ्जय राई निर्वाचित भएका छन् । यस्तै, सहसचिवमा टंकप्रसाद थापा र यमकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
पदाधिकारीमध्ये उपसभापति नगेन्द्र राई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन भने अन्य सबै पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन् ।
यस्तै, प्रदेश अधिवेशन प्रतिनिधिमा खुल्लातर्फ पदम बहादुर राई, धनबहादुर खड्का, भूपेन्द्र भण्डारी, दिनेश राई आठपहरिया, ईश्वरीप्रसाद सुवेदी, रोहिणी पाण्डे र राजेश्वरबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । राई, खड्का, भण्डारी, आठपहरिया र श्रेष्ठ देउवा समूहका हुन् भने सुवेदी र पाण्डे पौडेल समूहका हुन् ।
प्रदेश अधिवेशन प्रतिनिधिमा महिलातर्फ सावित्रीदेवी श्रेष्ठ, हिमा चेम्जोङ र मुनादेवी पोख्रेल निर्वाचित भएका छन् । प्रदेश अधिवेशन प्रतिनिधिमा आदिवासी महिलातर्फ पुजन लिम्बू र कुसुम जोशी निर्वाचित भएका छन् । आदवासी जनजातितर्फ लाखमान राई, यमप्रकाश मगर (दीपक) र साजन राई निर्वाचित भएका छन् । दलिततर्फ दुर्गा विक निर्वाचित भएका छन् ।

प्रकाशित मिति: मंसिर ७ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend