Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एमाले महाधिवेशन पुगेका भीम आचार्यलाई कोरोना, थुनिए आइसोलेसनमा

हाम्रो कोशी आवाज
मंसिर ११ २०७८, शनिबार
एमाले महाधिवेशन पुगेका भीम आचार्यलाई कोरोना, थुनिए आइसोलेसनमा

धरानः नेकपा एमालेको १० औं महाधिवेशन चलिरहेको छ ।
पदाधिकारी दाबी गरेका नेता भीम आचार्य भने आइसोलेसनमा बसेका छन् । उनी सचिव हुन् । अन्य नेताहरु महाधिवेशनको चहलपहलमा व्यस्त रहेपनि आचार्यलाई कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा बस्न बाध्य बनेका हुन् ।
९ औं अधिवेशनबाट माधव नेपालको पयानलबाट उनी सचिव बनेका थिए । प्रदेश १ का पूर्व मुख्यमन्त्री समेत रहेका आचार्य उपाध्यक्ष या उपमहासचिवको तयारीमा थिए । सहमति भएको अवस्थामा पुनः सचिव हुनेसम्ममा उनी राजी हुने आचार्यको सचिवालयले जनाएको छ ।
महाधिवेशनका लागि चितवन पुगेका उनलाई ज्वरो आएपछि कोरोना जाँच गरिएको थियो । चितवन पुगेपछि उनको रिपोर्ट पोजिटिभ आएको हो ।
होटल सेभेन स्टारको आइसोलेसनमा रहेका आचार्यको स्वास्थ्यमा सुधार भइरहेको जनाइएको छ । उनको अवस्था सामान्य छ । उनलाई महाधिवेशनमा खटिएको चिकित्सक टोलीको सिफारिसमा एन्टिबायोटिक सुरू गरिएको छ ।

एमालेमा तत्कालीन नेता माधवकुमार नेपालको साथ दिएका आचार्य पुनः सचिवमा दोहोरिने सम्भावना कायमै छ । यदि प्रतिस्पर्धा भइहालेमा उनले आइसोलेसनबाटै उम्मेदवारी दिने बताएका छन् ।
दश भाइ नेतामध्ये भीम रावलले अध्यक्षको दाबी गरिरहेका छन् भने घनश्याम भुसाल उपाध्यक्ष लड्ने बताइरहेका छन् । अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार मध्यरात केन्द्रीय कमिटी बैठक बोलाएर सर्वसम्मत गराउने प्रयासस्वरूप केन्द्रीय कमिटी र पदाधिकारीको संख्या थपेका थिए । यसमा रावल र भुसाल असन्तुष्ट देखिएका छन् । ओलीलाई सर्वसम्मत हुन नदिने रणनीतिस्वरूप उनीहरूले आफ्नो अडान फिर्ता लिन मानिरहेका छैनन् ।

प्रकाशित मिति: मंसिर ११ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend