Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

झापाका शरणार्थी शिविरमा बुढापाकाहरू एक्लाएक्लै

हाम्रो कोशी आवाज
मंसिर ११ २०७८, शनिबार
झापाका शरणार्थी शिविरमा बुढापाकाहरू एक्लाएक्लै

धरानः झापाको दमक, बेलडाँगी शिविरमा प्रदेश १ का मुख्यमन्त्री, राष्ट्रियस्तरका चलेका कलाकारहरुको जमघट भएको छ ।
भुटानी शरणार्थीहरुको अन्तर्राष्ट्रिय साझा संस्था ‘इन्टरेशनल बेलफेयर एण्ड सपोर्ट फाउन्डेसन’ को समन्वयमा शुरु भएको ‘डे केयर सेन्टर’ को उद्घाटन अवसरमा यस्तो जमघट बनेको हो ।
भुटानबाट लखेटिएर आएकाहरुका छोराछोरी धेरैजसो अमेरिका पुगिसके तर त्यहाँ बा–आमाहरू भने एक्लै बसिरहेका छन् ।
तेस्रो देशमा शरणार्थी पुनर्बसोबासको अभियान अघि बढेसँगै सामाजिक र पारिवारिकरूपमा एकल बन्दै गएका तथा विशेषतः बुढेसकालको शरणार्थी जीवन बिताइरहेका बा–आमाहरूका लागि त्यहाँको शिविरमा ‘डे केयर सेन्टर’ पनि सञ्चालनमा आएको हो । सो सेन्टर भर्खरै सञ्चालनमा आएको हो ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र्र राईलगायत कलाकारको उपस्थितिमा सो सेन्टरको उद्घाटन गरिएको छ । कार्यक्रममा कलाकारहरु दिलीप रायमाझी, रमित ढुङ्गाना, प्रमोद खरेल, केकी अधिकारी, वर्षा शर्मा, सिडी विजय अधिकारी, सन्दीप क्षत्री, निशान भट्टराई, अस्मित अधिकारी, करनराज बिसी, किरण गजमेर, ऋचा थापा, गरिमा शर्मा, शंकर बिसी, दिपासा बिसी, करिष्मा ढकाल, सनिश श्रेष्ठ, रवि गहतराज, सञ्जु मोक्तान, नरमान राई, प्रवीर्ण बेडवाललगायतको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले भुटानी शरणार्थी समस्यामा रहेको बताउँदै भरसक आफ्नै देशमा फर्काउनुपर्ने बताए । उनले आफूले यस कुरालाई संघीय सरकारसँग जोडदाररुपमा उठाउने आश्वासन दिए । ‘म यस समस्याका लागि आवश्यक भूमिका निभाउनेछु’, उनले भने, ‘खानपिनलगायत अन्य कुरामा समस्याको बारेमाचाहिँ प्रदेश सरकारले सहयोग गर्छ ।’
कार्यक्रममा उपस्थित सबैलाई कलाकारहरुले आ–आफ्नो कला देखाएर भरपुर मनोरञ्जन दिए । कार्यक्रम इन्ट्राका अध्यक्ष डिल्ली अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । क
अहिले झन्डै १ सय जना बुढ्यौली उमेरका वा एकल शरणार्थीहरू दिन बिताउने मेलो गरिरहेका भेटिन्छन् । त्यहाँ सानो पुस्तकालय रहेको छ भने डे केयरमा हलमा मादल, चेस, टेलिभिजन, अन्य गतिविधि, प्रवचन आदि हुने गेको छ । यही संस्थाले ८० वर्षमाथिका शरणार्थी बुबाआमालाई मासिक ५ हजार रुपैयाँको पकेट खर्च दिँदै आएको जनाइएको छ । अहिले पनि बेलडाँगी शिविरका ९० जना बुबाआमाले मासिक भत्ता पाइरहेका छन् ।
अहिले त्यहाँ करिब ४ हजार बढी शरणार्थी भुटान घरफिर्ती वा पुनर्बसोबासमा तेस्रो देश जान पाइने आशा गरेर बसिरहेकै छन् ।
तस्वीर सौजन्यः दिलबहादुर राई

प्रकाशित मिति: मंसिर ११ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend