धरानः धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले पनि कोरोनाविरुद्धको खोप लगाएका छन् ।
आइतबार क्याम्पस परिसरमा उनीहरुले कोरोनाविरुद्धको खोप लगाएका हुन् । विद्यार्थीले दोस्रो मात्राको खोप एस्ट्राजेनिका र कोभिशिल्ड लगाएको क्याम्पस प्रमुख दामोदर भण्डारीले जानकारी दिए ।
एस्ट्राजेनिका र कोभिशिल्ड भ्याक्सिन गरी एक हजार डोज दिइएको थियो । यसपटक ८ सय ७९ जना विद्यार्थीले खोप लगाएका छन् । बिहान १० बजेदेखि ५ बजेसम्म क्याम्पस परिसरमा खोप लगाउने व्यवस्था थियो ।
गत भदौ २७ गते विद्यार्थीलाई पहिलो मात्राको खोप दिइएको थियो र हजार जना विद्यार्थीले खोप लगाएको क्याम्पस प्रमुख भण्डारी बताउँछन् ।

