Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

फेरि अरुण तेस्रोमा काम गर्ने मजदुरको मृत्यु

हाम्रो कोशी आवाज
मंसिर १६ २०७८, बिहिबार
फेरि अरुण तेस्रोमा काम गर्ने मजदुरको मृत्यु

संखुवासभाः संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।
संखुवासभामा निर्मार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत चिचिला गाउँपालिका–३ सोलाखानीस्थित अडिट ३ मा कार्यरत् भारतको मध्य प्रदेशका ४५ वर्षीय मुगेरीलाल सिंह रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।
बुधबार राति ८ बजे चिचिला–३ सोलाखानीमा रहेको अडिट ३ को सुरुङभित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर सिंह घाइते भएका थिए । उनको बुधबार राति उपचारको क्रममा जिल्ला अस्पताल संखुवासभामा मृत्यु भएको प्रहरी प्रमुख सुवेदीले बताए ।
हालसम्म अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक दर्जन भारतीय र नेपाली मजदुरले ज्यान गुमाइसकेका छन् । घटनाको वास्तविकता पत्ता लगाउन प्रहरी घटनास्थलमा खटिसकेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए । सुरुङभित्र काम गर्न मजदुरलाई निकै जोखिम भए पनि आयोजनाले सुरक्षा सामग्री नदिएको मजदुरको गुनासो छ ।

प्रकाशित मिति: मंसिर १६ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend