Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा आज फाइनल

हाम्रो कोशी आवाज
मंसिर १८ २०७८, शनिबार
धरानमा आज फाइनल

धरानः धरानमा मिस प्रदेश १ र पूर्वाञ्चल सिङ्गीङ स्टारको फाइनल आज (शनिबार) हुँदैछ ।
धरान-८ सभागृहमा फाइनल प्रतियोगिता सम्पन्न हुँदैछ । आठौं चरण्को पूर्वाञ्चल सिङ्गीङ स्टार र तेस्रो चरणको मिस प्रदेश १ प्रतियोगिताको फाइनल दिउँसो १ बजेदेखि शुरु हुने आयोजकले जनाएको छ ।
आयोजक संस्था पूर्वाञ्चल बागिना कला केन्द्रका अध्यक्ष गायक भक्तिराज राईले आज फाइनल कार्यक्रम राखिएको जानकारी दिए । गत वैशाखको अन्तिम साता फाइनल प्रतियोगिता आयोजना गर्ने तयारी भएपनि कोरोना कहरका कारण प्रतियोगिता रोकिएको थियो ।
गायनतर्फ बबिता गुरुङ, अर्जुन राई, अजुमा राई, निशा खपाङ्गी, रिजन लोहनी र अनुष्का ढकाल प्रतियोगिताको प्रतिस्पर्धा गर्दैछन् । यस्तै, सौन्दय प्रतियोगिता अर्थात् मिस स्टेट सिजन ३ का लागि दुर्गा श्रेष्ठ (संखुवासभा), स्वेता भुजेल (सुनसरी), लेस्ली लिम्बू (धनकुटा), सविना राई (मोरङ), झरना लिम्बू (धनकुटा), रचना लिम्बू (धनकुटा), मिश्रा राई (भोजपुर), अम्विका राई (उदयपुर), जमुना लिम्बू (ताप्लेजुङ) लगायत छनौटमा परेको कोरियोग्राफर मेरिना तुम्सा लिम्बूले जानकारी दिइन् ।

प्रतियोगिताको मुख्य प्रायोजक सुनवस्ती विकास कम्पनी प्रालि काठमाडौंकी म्यानेजिङ डाइरेक्टर, सफल महिला उद्यमी तथा सामाजिक अभियन्ता सुमित्रा बस्नेत रहेकी छिन् । यस्तै, सहप्रायोजनमा बराह ग्रुप रहेको छ भने प्रायोजनहरुमा थकाली किचन एण्ड फाष्टफुड, इडन एजुकेशनल एकेडेमी, रमेश ग्रिल उद्योग, झरना बचत तथा ऋण सहकारी संस्था लि., बुढासुब्बा फुटसल, पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो इटहरी, दृश्य दर्शन प्रोडक्सन इटहरी, रोदुङ शिलालेख धरान, अल्फा म्युजिक एकेडेमी, इटहरी, कफी रिसर्च प्रालि धरान, अफिसियल साउन्ड सुन्दर साउण्ड सर्भिस धरान, रेडिकल लाइट नेपाल प्रालि, पाथिभरा फ्लेक्स, एम्स एकेडेमी, इष्टर्न एजुकेशनल एकेडेमी, सगरमाथा एसडी कलेज, हिमालय ग्रिन टी रहेको छ ।
यस्तै, एजुकेशनल पार्टनर मेघा कलेज धरान रहेको छ । यस्तै, अफिसियल मिडियामा हाम्रो कोशी आवाज डटकम, रेडियो धरान, दन्तकाली एफएम रहेका छन् ।
विजेताले स्कुटीसहित क्राउन र अवार्ड प्राप्त गर्नेछन् साथै म्युजिक भिडियोमा खेल्ने अवसर पाउने उनले जानकारी । यस्तै, बिजेताले प्लस टु वा अन्य सङ्कायमा ब्याचलर लेवलमा छात्रवृत्ति प्रदान हुने उनले जानकारी दिए । फष्ट रनरअप र सकेण्ड रनरअपले क्रमशः ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँसहित क्राउन र अवार्ड प्राप्त गर्ने आयोजकको भनाई छ । यस्तै, विद्यागत पुरस्कारतर्फ मिस ट्यालेन्ट, मिस पब्लिक च्वाइस, मिस डिस्प्लिन, मिस पर्सनालिटी, मिस पंचुयल, वेष्ट स्माइल, वेष्ट फिगर, वेष्ट क्याटवाक, मिस चार्मिङ, मिस फोटोजेनिक र मिस एक्टिभ अवार्ड समेत प्रदान केन्द्रका अध्यक्ष राईले जानकारी दिए ।

 

प्रकाशित मिति: मंसिर १८ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend