Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ मा उद्धव थापा विजयी

हाम्रो कोशी आवाज
मंसिर २० २०७८, सोमबार
प्रदेश १ मा उद्धव थापा विजयी

विराटनगरः नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापतिमा उद्धव थापा निर्वाचित भएका छन् ।
थापाले रामचन्द्र पौडेल पक्षका गुरुराज घिमिरेलाई दुई मत अन्तरले हराएका हुन् ।
थापाले ८४४ र घिमिरेले ८४२ मत पाएका छन् । उपसभापतिमा संस्थापन पक्षका रमेशजङ्ग रायमाझी ८९१ मतसहित र टंकप्रसाद राई ८४७ मतसहित विजयी भएका छन् ।
संस्थापन इतरका उम्मेदवार गोविन्दप्रसाद ढुंगानाले (केदार)ले ७६५ र विश्वनाथ रिजाल (त्रिलोचन) ले ६६९ मत पाए ।
महामन्त्रीमा संस्थापन पक्षका भूपेन्द्र राई ८२४ र संस्थापन इतरका उमेश थापा ८२३ मतसहित विजयी भएका छन् । महामन्त्रीका अन्य उम्मेदवार पदम सुन्दर पालुङ्गवाले ८०७ र दीपनकुमार श्रेष्ठले ७६४ मत पाएका छन् ।
सहमहामन्त्रीमा खड्ग फागोले १०२६ मत पाएका छन् । यसैगरी अर्को सहमहामन्त्री पदमा प्रमिल गच्छदार ८३७ मतसहित विजयी भइन् ।
सहमहामन्त्रीका अन्य उम्मेदवारहरु विनोदकुमार बस्नेतले ७४७, सीता कार्कीले ७३३, रोहित कुमार शाहले ६६५, विरकाजी राईले ६४७ र शुभन्द्र राईले ८४ मत पाए ।
सभापतिसहित अधिकांश पदमा देउवा–सिटौला पक्षले जितेको छ । यसैबीच सभापतिका उम्मेदवार घिमिरे पक्षले फेरि मतगणनाको माग गरेका छन् ।

प्रकाशित मिति: मंसिर २० २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend