Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ताला खुलाउन सर्वोच्चको आदेश

हाम्रो कोशी आवाज
मंसिर २२ २०७८, बुधबार
ताला खुलाउन सर्वोच्चको आदेश

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूको कार्यकक्षमा लगाइएको ताला खुलाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधिश तेजबहादुर केसीको एकल इजलासले मङ्गलबार अन्तरिम आदेश दिएको हो । स्वास्थ्यजस्तो संवेदनशील संस्थामा हडताल, घेराउ र तालाबन्दीको कार्य अशोभनीय रहेको भन्दै ताला खुलाइ प्रतिष्ठानको काम, कारवाही सुचारु गर्न अन्तरिम आदेश दिएको हो ।
गत असार १६ गतेदेखि प्रतिष्ठानका चारजना पदाधिकारीहरुको कार्यकक्षमा ताला लागेको थियो । प्रतिष्ठानमा प्रतिष्ठान शुद्धिकरणका लागि भन्दै चिकित्सक, कर्मचारीलगायत आन्दोलनमा उत्रिँदा त्यतिबेला ताला लागेको थियो । त्यसविरुद्ध नवराज विष्ट नामका व्यक्तिले नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट निवेदन दिएका थिए । रिटको सुनुवाई गर्दै सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।

प्रकाशित मिति: मंसिर २२ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend