Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानमा डिजिटल सेवा शुरु

हाम्रो कोशी आवाज
मंसिर २४ २०७८, शुक्रबार
धरानको बीपी प्रतिष्ठानमा डिजिटल सेवा शुरु

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले शुक्रबारबाट बिरामीको टिकट वितरणमा डिजिटल सेवाको शुरुवात गरेको छ ।
प्रतिष्ठानको मोबाइल एप्लिकेसनमार्फत बिरामीले अनलाइन टिकट लिन सक्नेछन् । सो सेवा पूर्वाञ्चलमा नै पहिलो हो ।
सो प्रविधिले घण्टौं लाइनमा बसेर पाउने सास्तीबाट बिरामीवर्गले छुटकारा पाउने प्रतिष्ठानका अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर शाहले जानकारी दिए ।
सेवाका लागि सेवाग्राहीले एन्ड्रोइड मोबाइलको प्लेस्टोरमा गएर B.P. Koirala Institute of Health Sciences (BPKIHS) एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । तत्पश्चात एपबाटै टिकट काटी आफूलाई आवश्यक पर्ने चिकित्सकसँग समय लिन सक्नेछन् ।
यो सेवालाई अझ विस्तार गरी ल्याब परीक्षणका रिपोर्टहरु अनलाइनबाटै हेर्न मिल्ने एवं पेइङतर्फको बिरामी नाम दर्तासमेत यथाशिघ्र सञ्चालन गराउन उनले सम्बन्धित सबैमा जानकारी एवं आवश्यक निर्देशन दिइसकेको बताए ।
सो सेवाको उपयोग गर्न बिरामीलाई सहज होस् भनी प्रतिष्ठानको टिकट काउन्टर भवनको बाहिरपट्टि अनलाइन टिकट कसरी लिने भनेर सिकाउन सहयोगी समेत राखिएको सहप्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: मंसिर २४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend