Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठान सुधारिँदै

हाम्रो कोशी आवाज
मंसिर २९ २०७८, बुधबार
धरानको बीपी प्रतिष्ठान सुधारिँदै

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ सिटी स्क्यान मेसिन जडान भएको छ ।
२५६ स्ल्याइस क्षमताको अत्याधुनिक नयाँ सिटी स्क्यान मेसिन जडान गरिएसँगै प्रतिष्ठान आइपुग्ने बिरामीलाई सहज हुने भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले मेसिन आएपछि बिरामीलाई सहज हुने जानकारी दिए । प्रतिष्ठानमा सञ्चालित दुईवटा मेसिनमध्ये एउटा मेसिन बिग्रिएर काममा बाधा आएपछि बिरामीहरुको उपचारमा समस्या हुँदै आएको थियो ।
सो मेसिन उपत्यका बाहिर नै पहिलो रहेको प्रतिष्ठानले जनाएको छ । सो मेसिनबाट दु्रत गतिमा स्क्यान गर्न सकिने हुँदा सिटी स्क्यान गर्दा बिरामीमा पर्ने विकीरणीय जोखिम पहिलेको मेसिनको तुलनामा अत्यन्तै न्यून रहेको उनले जानकारी दिए ।
सुक्ष्मभन्दा सुक्ष्मरुपमा गहिराइसम्म स्क्यान गर्नसक्ने साथै स्यानको क्षमता अत्यन्तै गुणस्तरीय रहेको हुँदा रोगको निदान गर्न निकै सहज हुने जनाइएको छ । मेसिन नयाँ प्रविधिको र अत्याधुनिक भएकोले यसलाई सञ्चालन गर्ने विधिबारे रेडियोलोजी विभागका प्राविधिक कर्मचारीहरुलाई विज्ञबाट तालिम दिने कार्य सँगसँगै बिरामीहरुको सिटी स्क्यान गर्ने कार्य पनि भइरहेको उनले जानकारी दिए ।
मेसिनबाट औसतमा दैनिक ४० जनाको भन्दा बढी विरामीहरुको सिटी स्क्यान गर्ने लक्ष्य रहेको छ । अत्यन्तै सुलभ मूल्यमा सेवाग्रहीले सुविधा पाउनसक्ने मेसिनबाट प्रतिष्ठानका विद्यार्थीहरुको पठनपाठन तथा अनुसन्धानको कार्यमा पनि टेवा पुग्ने जनाइएको छ । बिरामीले सहज सुविधा पाउन थालिसके पनि उनले जानकारी दिए ।
उनले मेसिनबाट सिटी सम्बन्धी अन्य विशिष्ट जाँचहरु पनि गर्ने जानकारी दिए । यसैबीच मसिंर २३ गतेबाट बिरामीको टिकट वितरणमा डिजिटल सेवाको सुरुवात भएको भइसकेको छ । प्रतिष्ठानको मोबाइल एप्लिकेसन मार्फत बिरामी वर्गले अनलाइन टिकट लिन सक्नेछन् । सो सेवा पूर्वाञ्चलमा नै पहिलो हो । प्रविधिले घण्टौं लाइनमा बसेर पाउने सास्तीबाट बिरामीले छुटकारा पाएका छन् ।

प्रकाशित मिति: मंसिर २९ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend