बिर्तामोडः रोटरी क्लब अफ बिर्तामोड र रोट्याक क्लव अफ बिर्तामोडको पद हस्तान्तरण सम्पन्न भएको छ ।
डिस्ट्रिक ३२९२ गर्भन फष्ट लेडी नविता रिजालको प्रमुख आतिथ्यमा रोटरी क्लव अफ बिर्तामोडको १२ औं तथा रोट्याक क्लव अफ बिर्तामोडको नवौं पद हस्तान्तरण सम्पन्न भएको हो । पद हस्तान्तरण समारोहमा क्लवका अध्यक्ष निर्मल भट्टराईले सन् २०२१–०२२ का अध्यक्ष नवीन गट्टानीलाई रोटरीको चेन पहिरयाएका थिए ।
त्यस्तै, रोट्याक क्लव अफ बिर्तामोडका अध्यक्ष आइपीपी प्रभाष थापाले सन् २०२१–२२ का अध्यक्ष पर्वत मास्केलाई चेन पहिरयाएका थिए । रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष नवीन गट्टानीको अध्यक्षतामा भएको पद हस्तान्तरण समारोहमा रोटरी क्लब अफ बिर्तामोडका पदाधिकारीहरुलाई सपथ ग्रहण गराइएको छ ।
सन् २०२१–०२२ का लागि पे्रसिडेन्ट नवीन गट्टानी, आइपीपी निर्मल भट्टराई, भाइस प्रेसिडेन्ट सुरेश कुमार अग्रवाल, पे्रसिडेन्ट इलेक्ट ओमकृष्ण विमली, प्रेसिडेन्ट नोमिनी बबिता गिरी, सेक्रेटरी सञ्जीव घिमिरे,ट्रजरर अमोद आचार्य,डाइरेक्टर चेयर, क्वल एड्मिनिट्रेसन निकिता गिरी, डाइरेक्टर चेयर मेम्वरसीप प्रकाश शिवाकोटी, डाइरेक्टर चेयर पब्लिक रिलेसन मिनप्रकाश मैनाली, डाइरेक्टर चेयर सर्भिस प्रोजेक्ट सुरेश वंशल, डाइरेक्टर चेयर टीआरएफ राजकुमार पोखरेल, डाइरेक्टर चेयर युथ सर्भिस विनोद बस्नेत, एसजीटी आशा आर्चाय, क्लब मेन्टर जितेन्द्र बस्नेत, क्लब टे«नर कुमार गिरीलाई सपथ ग्रहण गराइएको थियो ।
यता रोट्याक क्लव अफ बिर्तामोडका पदाधिकारीहरु आइपीपी प्रभाष थापा, प्रेसिडेन्ट पर्वत मास्के, इलेक्ट प्रेसिडेन्ट बसन्त ढकाल, भीपी अर्जुन कार्की, चित्रन पाण्डे, भूमिका लिम्बू, प्रज्वल विमली, सेक्रेटरी दिपेन धिमाल, जोइन सेक्रेसटरी डीना शर्मा, टे«जरर सुशी थापा, जोइन्ट्र ट्रेजर सुजता भट्टराई, सर्जेन्ट एट आम्स रमेश शेर्पा , क्लव सर्भिस साइरेक्टर मनिष उप्रेती, इन्टर नेशनल सर्भिस डाइरेक्टर अनिष सुवेदी, कम्युनिटी सर्भिस डाइरेक्टर कञ्चन सिटौला, पब्लिक रिलेशन अजय अधिकारी, प्रोफेसनल डेभलपमेन्ट प्रियङ्का वस्नेत, एसएपी मन्दिप बुढाथोकी, प्रमोसन अफिसर सुमन पोद्दार, क्लव सर्भिस डाइरेक्टर बप्पा साहलाई समेत सपथ ग्रहण गराउँदै पद हस्तान्तरण गरिएको हो ।
ओमकृष्ण विमलीले स्वागत गरेको कार्यक्रममा वोल्दै कार्यक्रमकी प्रमुख अथिति प्रम लेडी रिजालले रोटरी क्लव अफ बिर्तामोड पूर्वकै नमूना क्लब भएको बताए । उनले कोभिडको महामारीको समयमा रोटरी क्लब अफ बिर्तामोडले मानवीय सेवाका लागि नमूना र स्वागतयोग्य काम गरेको भन्दै प्रशंसा समेत गरे ।
रोटरी क्लव अफ बिर्तामोडका निर्वतमान अध्यक्ष निर्मल भट्टराईले आफ्नो कार्यकालमा भएका सामाजिक कार्यको जानकारी समेत गराएका थिए । कार्यक्रममा राजकुमार पोखरेल, मीनप्रकाश मैनालीलगायतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन डा. सन्ध्या राठीले गरेकी गरेका थिए ।