विराटनगरः विरानगर महानगरपालिका–७ स्थितबाट विचौलियामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विरानगर–१९ का ४६ वर्षीय विनोद राय, विरानगर–५ का ६० वर्षीय रामा सुनुवार, ४५ वर्षीय दिलीप साह र विरानगर–१२ का ३९ वर्षीय शिवकुमार कामत रहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
उनीहरुले आफ्नो सम्पर्कमा भएको अस्पतालमा चिकित्सक राम्रो छ भन्ने र आफूलाई कमिसन दिने फार्मेसीमा औषधि किन्न बाध्य गराउने कार्य गरी सर्वसाधारणलाई हैरानी दिएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गत मंसिर २९ गते पक्राउ गरी चारैजनालाई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।