Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विराटनगरमा आदिवासी चलचित्र महोत्सव हुने

हाम्रो कोशी आवाज
पुष २ २०७८, शुक्रबार
विराटनगरमा आदिवासी चलचित्र महोत्सव हुने

विराटनगरः मोफसलमै पहिलोपटक आदिवासी चलचित्र महोत्सव २०७८ हुने भएको छ ।
आगामी पुस ९ र १० गते सो महोत्वस हुन लागेको हो । विराटनगरस्थित अतिथि सदनमा दुई दिनसम्म चल्ने महोत्सवमा आदिवासी समुदायका विभिन्न भाषाभाषीका चलचित्रहरु प्रदर्शन हुनेछ । राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको आयोजना र आदिवासी चलचित्र महासंघको सहकार्यमा महोत्सव हुन लागेको हो ।
समितिका अध्यक्ष दीपनारायण राजवंशीले महोत्सवमा राजवंशी, थारु, गुरुङ, मगर, माझी, तामाङ, राई, लिम्बू, भुजेल, खवास र शेर्पा भाषाको चलचित्र प्रदर्शन गरिनेछ । प्रदर्शन गरिएका चलचित्रमध्येबाट उत्कृष्ट चलचित्रलाई नगद तथा प्रमाणपत्रसहित पुरस्कृत गरिने जनाइएको छ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: पुष २ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend