धनकुटाः धनकुटामा शिक्षकलाई कोरोना संक्रमण भएपछि एक हप्ताका लागि विद्यालय बन्द गरिएको छ ।
पाख्रिबास नगरपालिका–५ स्थित जाल्पादेवी माविका एक शिक्षकमा कोभिड १९ को संक्रमण भएपछि विद्यालय बन्द गरिएको हो ।
विद्यालयमा कार्यरत ती शिक्षकलाई कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिएपछि विद्यालय बन्द गरिएको प्रधानाध्यापक निर्मल रिमालले जानकारी दिए ।
१० गतेपछि संक्रमित शिक्षकको अवस्था, अन्य विद्यार्थी र शिक्षकको अवस्था सामान्य रहे विद्यालय सञ्चालन गर्ने र अवस्था असामान्य रहेमा पुनः बैठक बसेर निर्णय गर्ने रिमालले जानकारी दिए ।