Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कांग्रेस महाधिवेशनः प्रदेश नं १ को मत परिणाम आयो

हाम्रो कोशी आवाज
पुष ६ २०७८, मंगलबार
कांग्रेस महाधिवेशनः प्रदेश नं १ को मत परिणाम आयो

धरानः नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य प्रदेश नं १ को मत परिणाम सार्वजनिक भएको छ । गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक गरिएको मत परिणामअनुसार प्रदेश नं १ बाट अमृत अर्याल दुई हजार ३८९ र राजिव कोइराला दुई हजार १५२ मत ल्याई केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । यस्तै आनन्द सन्तोषी राईले दुई हजार ८१, अनिलकृष्ण प्रसाईले एक हजार ४२२, सुमित्रा थरुनीले ३९२, जनार्दनराम निरौलाले १४९ र खिलराज बस्नेतले २८१ मत प्राप्त गरे ।
यसैगरी केन्द्रीय सदस्य प्रदेश नं १ महिलातर्फ महेन्द्रकुमारी लिम्बु दुई हजार २२९ मत प्राप्त गरी निर्वाचित भएका छन्। यस्तै लिलादेवी बोखिम लिम्बुले एक हजार ७४७ तथा गोमाकुमारी भट्टराईले ६०९ मत प्राप्त गर्नुभएको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।  डा। शेखर कोइरालाको प्रभाव क्षेत्र रहेको प्रदेश १ बाट संस्थापन शेरबहादुर देउवा निकटका दुई केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।
प्रदेश १ को खुला दुई सदस्यमा संस्थापन देउवा पक्षका अर्याल विजयी भए । शेखर पक्षबाट राजीव कोइराला विजयी भए ।

प्रकाशित मिति: पुष ६ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend