Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानमा आन्दोलनकारीविरुद्ध अवहेलना मुद्दा

हाम्रो कोशी आवाज
पुष ७ २०७८, बुधबार
धरानको बीपी प्रतिष्ठानमा आन्दोलनकारीविरुद्ध अवहेलना मुद्दा

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनकारीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भई कारण देखाऊ आदेश जारी भएको छ ।
अदालतको अपहेलना गरेको भन्दै नवराज विष्टले संयुक्त संघर्ष समितिका संयोजक डा.सूर्यप्रसाद रिमाल (एसपी रिमाल) सहित आन्दोलनकारीहरुलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा मुद्दा परेपछि मुद्दाको सुनुवाई गर्दै बुधबार सर्वोच्चले विपक्षीहरुलाई लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधिश तेजबहादुर केसीको एकल इजलाशले बुधबार दिएको आदेशमा निवेदकको माग वमोजिम आदेश जारी हुनु नपर्ने कुनै आधार र कारण भए सवुद प्रमाणसहित म्याद सूचना पाएको मितिले बाटोको म्याद बाहेक ७ दिनभित्र लिखित जवाफसहित आफै उपस्थित हुन भनिएको छ ।
निवेदककोतर्फबाट अधिवक्त रेणुकादेवी सिटौलाले बहस गरेपछि न्यायाधीश केसीको इजलासले आदेश जारी गरेको हो ।

प्रकाशित मिति: पुष ७ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend