Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ मा माओवादीको निर्वाचनः धरानका मेन्याङ्बोले हारे, नेम्वाङले जिते

हाम्रो कोशी आवाज
पुष ८ २०७८, बिहिबार
प्रदेश १ मा माओवादीको निर्वाचनः धरानका मेन्याङ्बोले हारे, नेम्वाङले जिते

धरानः नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा भारी मतका साथ हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् ।
अध्यक्षमा मिक्सोले १६९ मत ल्याउँदा अर्का प्रत्याशी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याउन सफल भए । यस्तै तीन उपाध्यक्षमा देवान चाम्लिङ, शिवकुमार डाँगी र मणिकुमार साम्पाङ विजयी भएका छन्। यसमा जम्मा ८ जना उम्मेदवार थिए ।
यस्तै एक जना सचिव पदमा गणेश उप्रेती सुशील विजयी भएका छन् । यसमा दुई जना उठेका थिए ।
यसैगरी तीन जना सहसचिवमा कुमारी राई, ऋषिराम ढुंगाना र सागर किराती विजयी भएका छन् । कोषाध्यक्षमा रेवतराज पुरी गगन विजयी भएका छन् । २४० सदस्य मतदानमा सहभागी भएका थिए ।
अध्यक्ष पदका उम्मेदवार
हर्कबहादुर नेम्वाङ मिक्सो – १६९ विजयी
मुक्सामहाङ्ग मेन्याङवो मुकेश–६४
उपाध्यक्ष पदका उम्मेदवार
शिवकुमार डाँगी – ११३ विजयी
भोगेन्द्र यादव–९७
पुरुषोतम चुँडाल – ३६
मणिकुमार राई विजय – १११ विजयी
उर्मिला तामाङ चन्दा – ८०
देवान चाम्लिङ पृथ्वी – १२० विजयी
इन्दिरा मिश्र – ५१
मोहन खत्री हेनरी – ८६
सचिव पदका उम्मेदवार
गणेश उप्रेती सुशील – १४८ विजयी
सीपी कडरिया – ८३
सहसचिव पदका उम्मेदवार
ऋषिराम ढुंगाना कुसुम – ९५ विजयी
राजु आचार्य अग्नि – ५१
खडक योगी अनिल – ३५
सन्तोष थारु – ४४
हर्क लावती कान्छा – ४३
कुमारी राई रचना – ११४ विजयी
निशान्त शर्मा – ४३
विजय प्रकाश वनेम – ६१
ठमनाथ पराजुली ध्रुव – २६
कृष्ण जिमी भरत – ४०
दिलकुमार राई – ४३
तेजमान कन्दङ्वा – १९
सागर किराँती – ७३ विजयी
कोषाध्यक्ष पदका उम्मेदवार
मदनकुमार चुँडाल – ५५
रामकुमार कार्की – २३
रेवतराज पुरी गगन – ९३ विजयी
बन्दना झाँगड – ५७

प्रकाशित मिति: पुष ८ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend