दमकः झापाको कमल गाउँपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा बस र मोटरसाइकल आपसमा ठक्कर लागि दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको र पछाडि सवार घाइते भएका छन् ।
मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–१० का २२ वर्षीय अभिषेक यादव रहेका छन् । पूर्वतर्फ जाँदै गरेको को१क नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरको प्र.१–०२–०४८ प ३०८९ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
ठक्कर लागि घाइते भएका यादव र सोही स्थानका २५ वर्षीय रामकुमार खड्काको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको र यादवको उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र चालक झापा दमक नगरपालिका–२ का सोमबहादुर गुरुङलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।






