Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

झापा गोल्डकप फागुन २१ गतेदेखि

हाम्रो कोशी आवाज
पुष १८ २०७८, आइतबार
झापा गोल्डकप फागुन २१ गतेदेखि

बिर्तामोडः दुई वर्षदेखि रोकिएको ‘झापा गोल्डकपको पाँचौं संस्करण’ आउँदो फागुन २१ गतेदेखि ३० गतेसम्म हुने भएको छ ।
कोभिड–१९ का कारण प्रतियोगिता रोकिएको थियो । मोफसलकै प्रतिष्ठित यो प्रतियोगिता बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । प्रतियोगिताको बिजेताले नगद १२ लाख ५५ हजार रुपैयाँ र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगितामा ११ फुटबल क्लबसहित नेपालका नौ र विदेशी एक गरी १० टिमको सहभागी हुनेछ । प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: पुष १८ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend