Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ सरकारले हेलिकोप्टर किन्ने !

हाम्रो कोशी आवाज
पुष २१ २०७८, बुधबार
प्रदेश १ सरकारले हेलिकोप्टर किन्ने !

विराटनगरः विपद व्यवस्थापन रोकथाम तथा प्रतिकार्यका लागि प्रदेश १ सरकारले हेलिकप्टर खरिद गर्ने भएको छ ।
विपदको समयमा राहत तथा उद्धार कार्यका लागि संघीय सरकारको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रदेश १ सरकारले हेलिकप्टर खरिद गर्ने भएको हो । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री केदार कार्कीले सो बारे जानकारी दिएका हुन् ।
प्रदेश सरकारको आन्तरिक मामिला मन्त्री अध्यक्ष रहेको प्रदेश विपद् व्यवस्थापन समितिले प्रदेश सरकारको मुख्यमन्त्री अध्यक्ष रहेको समितिलाई हेलिकोप्टर किन्नको लागि सिफारिस गरिसकेको मन्त्री कार्कीले बताए । आफ्नै हेलिकप्टर भए विपद व्यवस्थापन कार्य प्रभावकारी बनाउन सकिने मन्त्री कार्कीले बताए । उनले प्रदेश सरकारको आफ्नो हेलिकप्टर नहुँदा केही दिनअघि मात्र ताप्लेजुङमा गोठ सार्दा हिउँमा पुरिएका बाबुछोराको उद्धार गर्न ढिलाई भएको दृष्टान्त प्रस्तुत गरे ।
‘अहिले तत्काल उद्धारका लागि कतै जानु प¥यो भने ढिला हुने अवस्था आएपछि हेलिकोप्टर किन्न लागिएको हो,’ उनले भने, ‘ताप्लेजुङमा हिउँमा पुरिएर २ जनाको कति दिनदेखि उद्धार हुन सकेको थिएन, हामीसँग हेलिकोप्टर भएको भए पहिला नै उद्धार भइसकेको हुन्थ्यो ।’
पत्रकार सम्मेलनमा मन्त्री कार्कीले सरकारले जनतामा निराशा हुन नदिने गरी काम गर्ने बताए । सरकारले आफ्नो दायित्व पारदर्शी ढङ्गले पूरा गर्ने उनको भनाई छ ।
विपद् व्यवस्थापनमा तीनवटै सुरक्षा निकाय, युवा, विद्यार्थीलगायत नागरिक समाजसँग हातेमालो गर्दै तालिम, जनचेतना मूलक कार्यक्रम मन्त्रालयले गर्दै आएको मन्त्री कार्कीको भनाई छ ।

प्रकाशित मिति: पुष २१ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend