विराटनगरः विराटनगरमा एउटा अनौठो घटना घटेको छ–सुटकेसभित्रबाट निकालियो चोर ।
मोरङको धनपालथान गाउँपालिकामा एक महिलालाई सुटकेसभित्र फेला पारेपछि स्थानीयले प्रहरीलाई जिम्मा लगाएका छन् । सोमबार दिउँसोतिर धनपालका स्थानीय रमेश मण्डलको घरमा कोही नभएको मौकामा चोरी गर्न भनी छिरेकी स्थानीय २५ वर्षीया रिङ्की पासवानलाई सुटकेसभित्र लुकेको अवस्थामा स्थानीयले भेटेका थिए ।
स्थानीयका अनुसार चोरी गर्न छिरेकी ती महिलाले कोही आएको चाल पाएपछि सुटकेसभित्र लुकेको इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अनमोल खड्काले जानकारी दिए । महिला गर्भवती रहेको जनाएको प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।