Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भक्का दिवस भव्य

हाम्रो कोशी आवाज
पुष २९ २०७८, बिहिबार
भक्का दिवस भव्य

मोरङः मोरङको रतुवामाई नगरपालिका ३ स्थित मिलनचोक कमातीमा बिहीबार सामूहिक भक्का दिवस मनाइएको छ ।
ताजपुरिया समाज कल्याण परिषद् रतुवामाई नगर समितिको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । बिहानैदेखि भक्का र चिया खान स्थानीय विभिन्न समुदायका मानिसहरुको घुइँचो लागेका थिए भन्ने ताजपुरिया समुदायका एक दर्जनभन्दा बढी महिलाहरुले भक्का बन्नाएका थिए ।
आदिवासी ताजपुरिया समुदायको नातागोता, छरछिमेक, परिवार मिलेर वर्षको कम्तीमा एकपटक घरमै भक्का खाने परम्परा रही आएको छ । पछिल्लो समयमा एकल परिवार, समयको ब्यस्तता, वैदेशिक रोजगार आदिका कारणले सामूहिक भक्का खाने र हरेक पुस २९ गते राष्ट्रिय भक्का दिवसको रुपमा मनाउन शुरु गरिएको हो । कार्यक्रममा करिब एकहजार बढीले भक्का र चिया खाएको थिए । कार्यक्रम भव्य र सभ्यरुपमा सम्पन्न भएको थियो । वर्षेनी जाडो मौसम सुरु भए सँगसँगै भक्काको व्यापार पनि सुरु हुनेगर्छ । विशेषगरी तराईका जिल्लामा यसको व्यापार हुन्छ । चामलको पिठोबाट बनेको यो परिकार चिसो मौसममा सबैको रोजाईमा पर्न थालेपछि अहिले प्रायः ठाउँमा भक्का खानेहरुको घुईँचो देखिन्छ ।

प्रकाशित मिति: पुष २९ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend