धनकुटाः प्रेस चौतारी नेपाल धनकुटाको अध्यक्षमा पत्रकार रविन कट्टेल निर्वाचित भएका छन् ।
धनकुटामा बिहीबार सम्पन्न प्रेस चौतारीको ९ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा कट्टेल सर्वसम्मत निर्वाचित भएका हुन् । विगत १३ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील कट्टेल पत्रकार महासंघ धनकुटाका कोषाध्यक्ष, संगालोखबर अनलाइन मिडियाका सञ्चालक, सगरमाथा टेलिभिजन, राजधानी दैनिक र उद्घोष दैनिकसँग पनि आवद्ध छन् । जिल्ला अधिवेशनले निवर्तमान कार्यसमितिका उपाध्यक्ष कट्टेलको अध्यक्षतामा १९ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको खुल्लातर्फको उपाध्यक्षमा विश्वराज श्रेष्ठ र समावेशीतर्फको उपाध्यक्षमा मनिषा पोख्रेल चयन भएका छन् । सचिवमा भीम मल्ल छानिएका छन् । सहसचिवमा खुल्लातर्फ डम्बरु दाहाल र समावेशीतर्फ माया राउत तथा कोषाध्यक्षमा रविन्द्र रणपहेली चयन भएका छन् ।
समितिको सदस्यहरुमा विनु चेम्जोङ, सन्तोष सुवेदी, विश्वजीत देउजा, गोमा ढुङ्गाना, प्रेमा सुब्बा, अनिता राई, कल्पना तामाङ, कृष्णा राई, सष्टिका राई, रुपा वनेम, अनिसा रुचाल र प्रज्वल कट्टेल निर्वाचित भएका छन् । अधिवेशनले भरत थोक्लेनलाई सल्लाहकार चयन गरेको छ । थप सल्लाहकारहरु जिल्ला कार्य समितिको बैठकले मनोनित गर्ने नव निर्वाचित अध्यक्ष कट्टेलले जानकारी दिए ।