Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एमाले सुनसरीमा रेवतीरमण आए

हाम्रो कोशी आवाज
पुष ३० २०७८, शुक्रबार
एमाले सुनसरीमा रेवतीरमण आए

सुनसरीः नेकपा एमाले सुनसरी जिल्ला कमिटी सातौं अधिवेशनबाट अध्यक्षमा रेवतीरमण भण्डारी विजयी भएका छन् ।
बिहीबार साँझ सकिएको मतगणना अनुसार भण्डारीले अध्यक्ष पदका दुई उम्मेदवारलाई पराजित गरेका हुन् । विजयी भएका भण्डारीले ९२० मत ल्याए । अध्यक्ष पदका उम्मेदवार खेमराज पोखरेलले सात सय ७५ र द्वारिकलाल चौधरीले ८० मत ल्याए । एमालेको जिल्ला निर्वाचनमा एक हजार आठ सय पाँच मत खसेको थियो ।
यस्तै, उपाध्यक्षमा निलम खनाल विजयी भएका छन् । खनालले एक हजार ११ तथा नन्दकुमार बस्नेतले सात सय मत प्राप्त गरे । सचिवमा पर्शुराम यादव, उपसचिवमा योग्यराज खड्का र राम कोइराला निर्वाचित भएका छन् । निर्वाचित अध्यक्षसहित पदाधिकारी एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर हुन् ।
भण्डारीले ९२० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी खेमराज पोखरेल ७७५ र द्वारिकलाल चौधरीले ८० मत मात्रै पाए । पार्टीभित्र आफूलाई प्रभावशाली ठान्ने इटहरी उपमहानगरपालिका प्रमुख चौधरीको यो हार लज्जास्पद भएको छ ।
यस्तै उपाध्यक्षमा भण्डारी प्यानलबाट निलम खनाल निर्वाचित भएका छन् भने सचिवमा परशुराम यादव निर्विरोध भइसकेका थिए । उपसचिवमा राम कोइराला र योग्यराज खड्का निर्वाचित भएका छन् । यादव, कोइराला र खड्का भण्डारी समर्थक हुन् । यो नतिजा देखिएसँगै अन्य पदमा पनि भण्डारी समर्थक नेताहरु विजयी बन्ने संकेत देखिएको छ ।
विजयी र पराजित उम्मेदवारहरुले पाएको मत परिणाम यस्तो छ ।
जम्मा मतदाता: १८०५
अध्यक्ष
रेवती भण्डारी – ९२०
खेमराज पोख्रेल – ७७५
द्वारिक लाल चौधरी ८०
उपाध्यक्ष
नन्दकुमार बस्नेत ७००
निलम खनाल – १०११
उपसचिव
अन्जनीकुमार पोख्रेल – ४९७
अर्जुन गहतराज – २२९
पदमप्रसाद लिम्बू– ५२५
योग्यराज खड्का – ५६३
लहरुमाया जिमी – २४९
लोकेस निरौला – ४८४
राम कोइराला – ८२१

प्रकाशित मिति: पुष ३० २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend