Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धनकुटामा एकाबिहानै टिपर दुर्घटना

हाम्रो कोशी आवाज
पुष ३० २०७८, शुक्रबार
धनकुटामा एकाबिहानै टिपर दुर्घटना

धनकुटाः धनकुटाको धनकुटा नगरपालिका–२ नागढुंगामा शुक्रबार बिहान टिपर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ ।
उनीहरुको शव टिपरले किचेको अवस्थामा भेटिएको धनकुटाका डिएसपी सुरज कार्कीले जानकारी दिए । टिपर चालक प्युठानको माण्डवी गाउँपालिका–१ का २७ वर्षीय भुवन ठेडी मगर र परिचालक दाङको बबइ गाउँपालिका–३ का २१ वर्षीय नवीन विश्वकर्माको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए ।
धनकुटाबाट बसन्तपुरतर्फ जाँदै गरेको बाग्मती प्रदेश, ०३–००१ क ०५४९ नम्बरको टिपर शुक्रबार ५ बजे अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेको थियो । टिपरले किचेको अवस्थामा शव फेला परेको र उनीहरुको निकाल्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: पुष ३० २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend