Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कुटपिट गरी छिमेकीको हत्या

हाम्रो कोशी आवाज
माघ ३ २०७८, सोमबार
कुटपिट गरी छिमेकीको हत्या

सोलुखुम्बुः सोलुखुम्बु माप्य दूधकोशी गाउँपालिका १ बुम्रेका ४५ वर्षीय वाङदी शेर्पालाई छिमेकीको कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको छ ।
वाङदी शेर्पाले गत राति पौने १२ बजे सोही स्थानका ५२ वर्षीय दानु शेर्पालाई दाउराले टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी खरिखोलाबाट प्रहरी टोली खटी गई वाङदी शेर्पालाई नियन्त्रणमा लिइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।

प्रकाशित मिति: माघ ३ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend